कपिलवस्तु , मङ्सिर , २९ /
कपिलवस्तु महोत्सव अन्तरगत नवौं कपिलवस्तु डान्स आइडल थप रोचक बन्दै गएको छ । आइडलको बारौँ दिन सोनिका पाण्डे प्रतिस्पर्धाबाट बाहिरिएकी छन । आइडलमा अव टप 5 प्रतियोगी मात्र बाँकी रहेका छन् । आइतबारको बेस्ट डान्सरको उपाधि अनिल बिकले हात पारेका छन् ।

आइडलमा प्रथम हुनेलाई आकर्षक चाँदिको सुपर क्याप र एकलाख एघार हजार एकसय एघार पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । नेपालमै पहिलो पटक नवौं कपिलवस्तु डान्स आईडलमा बाणगंगा वेलफेयर सोसाईटीले यस्तो उत्कृष्ट पुरस्कारको व्यवस्था गरेको हो । विगतका बर्षहरु भन्दा यस बर्षको नवौं कपिलवस्तु डान्स आइडल एवंम वृतले भिन्न पाईएको छ ।
नेपालका विभिन्न महोत्सवहरुमध्ये आईडलका लागि कपिलवस्तु डान्स आईडल एक उत्कृष्ट चिनारी बन्न पुगेको निर्णायक हरि सरण रीजाल लगायत राष्ट्रीय कलाकार हरुको भनाई रहेको छ । वेलफेयर द्धारा आयोजीत नवौं कपिलवस्तु डान्स आईडलमा राखिएको चाँदिको सुपर क्याप ठुलै धनरासिको रहेको आईडल संयोजक अमृत केसीले वैखरी अनलाईनलाई जानाकारी दिए ।








