अजय मिश्र/कृष्णनगर / मंसिर ३०/
कृष्णनगर नगरपालिका वडा नम्बर २ श्री श्याम मन्दिर कृष्णनगर नेपाल देिख श्री खाटू श्याम राजस्थानको लागी रवाना भएको छ।यो यात्रा ११०० सय किलोमीटर लामो रहेको छ।

२५ पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी अनुसार यो यात्रा ३१ दिन लाग्छ जसमा २० पुरुष र ५ महिला यात्रामा शाहभागी रहेछन।यस को अगुवाई मनीष कुमार सिंगल,गोगुल गोयल ले गरेका हुन।
उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा पद यात्रीहरुलाई फूल मालाले भब्य स्वागत गरेका हुन र सम्बोधन गर्दै नगर प्रमुखले सबै पद यात्रिहरुलाई शुभ यात्राको कामना गरेका पनि हुन।
यस रैली यात्राका आयोजक श्री श्याम भक़्त मंडल बढनी कृष्णनगर नेपाल ले गरेका हुन।








