गृहपृष्ठ खबर लोकसेवा तयारीमा लागेका सबैलेे पढ्नैपर्ने समसामयिक जानकारी

लोकसेवा तयारीमा लागेका सबैलेे पढ्नैपर्ने समसामयिक जानकारी

पुरस्कारहरु:

  1. नेपाल प्रज्ञाप्रतिष्ठानद्धारा चार-चार वर्षमा प्रदान गरिने “पृथ्वीप्रज्ञा पुरस्कार” २०७६: वाङ्मय शताब्दी पुरुष तथा संसकृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।
  2. चक्रपाणि स्मृति पुरस्कार २०७६: गोपाल पराजुलीलाई (बालसाहित्यकार एवम् जीवनीकार)
  3. नेपाल विद्यापति पुरस्कार २०७६: धनुषाका चन्द्र शेखर उपाध्याइलाई (सुदामा चरित्र खण्ड काव्यकालागि)
  4. २०७६ को मदन-शिला स्रष्टा सम्मान: राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ।

सम्मेलन:

  1. आसियनको ३५ औँ सम्मेलन सम्पन्न: थाइल्याण्डमा । ३१ अक्टोबर – ४ नोभेम्बर २०१९
  2. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान १९९१ बाट शुरु भएको हो । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नाइन्छ । २०१९ को नारा: अरेन्ज द वर्ल्ड: जेनेरेसन इक्वालिटी स्ट्याण्डस् एगेन्स्ट रेप ।  नेपालको नारा: “समानताको पुस्ता: बलात्कारी विरुद्ध ऐक्यबद्धता”
  3. आप्रवासी कामदारको मानवअधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौंमा सम्पन्न २०७६ कार्तिक २६-२८
  4. बाणिज्यदुतहरुको क्षेत्री सम्मेलन सम्पन्न : २०७६ कार्तिक २६-२९ (काठमाडौंमा, नारा: साझा समृद्धिकालागि ऐक्यबद्धता)
  5. वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसनको आयोजनामा नवौं विश्व रेन्जर सम्मेलन सम्पन्न: २०७६ कार्तिक २६-३० (चितवन)
  6. नेपाल-अफ्रिका चलचित्र महोत्सबको आयोजना: २०७६ कार्तिक १६-१८ काठमाडौंमा ।

खेलकुद:

  1. १३ औँ दक्षिण एसियाली खेलकुद नेपालमा सम्पन्न:
    1. उद्घाटन्: २०७६ मंसिर १५ गते ।
    1. समापन: २०७६ मंसिर २४ गते ।
    1. समावेश खेल: २७ (पाराग्लाइडिङ् नभएको)
    1. १४ औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय ।
  2. नेपालमा पहिलोपटक मिहलाको फ्रेन्चाइज क्रिकेट वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) सम्पन्न । (२०७६ असोज २९-कार्तिक ७ गते सम्म त्रि.वि. क्रिकेट मैदानमा) चितवन राइनोजले क्याट क्वीन्स काठमाडौंलाइ पराजित गरी उपाधि जितेको ।
  3. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । २०७६ कार्तिक १३ गते ।
  4. एभीसी सेन्टर जोन महिला भलिबलको पहिलो संस्करको उपाधी नेपाललाई : सन् २०१९ नोभेम्बरमा बङ्गलादेशमा भएको ।

अन्य समसामयिक जानकारी:

  1. राष्ट्रिय आविस्कार केन्द्रको स्थापना: २०७६ कार्तिक १ गते । महावीर पुनको नेतृत्वमा त्रिवि परिसरमा निर्माण भएको हो ।
  2. सरकारले मेडिकल कलेज काउन्सिलको अध्यक्षमा -डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । २०७६ कार्तिक १७ गते मन्त्रिपरिषदको निर्णय ।
  3. प्रदेश ३ मा पहिलो अपाङ्गता सूचना केन्द्रको स्थापना – २०७६ कार्तिक १८ गते ।
  4. नेपाल र नर्वेबीच परराष्ट्र मन्त्रालयस्तरीय द्वीपक्षीय संयन्त्रको स्थापना: २०७६ कार्तिक १८
  5. नेपाली कामदार शून्य लागतमा संयुक्त अरब इमिरेटस्(UAE) जान पाउने । २०७६ कार्तिक १९ गते को निर्णय ।
  6. संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको २०७६ कार्तिक २८ को निर्णयानुसार निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष बनाउने भएको छ ।
  7. प्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा सुरेशमान श्रेष्ठ नियुक्त भएका: २०७६ कार्तिक २९ गते।
  8. हालै मानार्थ नेपाली नागरिकताबाट सम्मानीत बेलायती नागरिक: कोलिन स्मिथ (पुतलीबाजे) २०७६ कार्तिक २९ गतेको मन्त्रिपरिषद बैठकले मानार्थ नागरिकता प्रदान गर्ने निर्णय गरेको ।
  9. विश्व शान्ति सुचकाङ्क २०१९ मा नेपालको स्थान: ७६ (सन् २०१८ मा ८४ औं स्थानमा थियो) अष्ट्रलियन थिङ्क ट्याङ्क इन्स्टिच्युट इकोनोमिक्स एन्डपिसद्धारा जारी गरिएको ।
  10. भारतले विवादित नयाँ नक्सा जारी गर्‍यो: २०१९ नोभेम्बर ३ मा ।
  11. नेपालमा हालै पहिचान भएको नयाँ भाषाहरु:
    1. रानाथारु (कञ्चनपुर), नारफु (मनाङ्), [चुम(स्यार), नुब्री(लार्के)-गोरखा], पोइके(डोल्पा) र सेराके(मुस्ताङ्)
    1. भाषा आयोगले २०७६ कार्तिक १८ गते राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदनमा नयाँ भाषा पाइएको उल्लेख गरेको छ ।
  12. आठौं राष्ट्रिय कर दिवस २०७६:
    1. नारा: स्वच्छ कर प्रशासन: विकास र सुशासन
  13. अत्याधिक वायु प्रदुषणका कारण दिल्लीमा सङ्कटकाल घोषणा: २०१९ नोभेम्बर २ मा ।
  14. ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजना औपचारिक रुपमा उद्घाटन: २०७६ मंसिर २ गते ।
  15. दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको राष्ट्रपति एभी मोरालेसले राजिनामा दिए: सन् २०१९ नोभेम्बर १० मा ।

[रोचक जानकारी: नेपालको हरित सहर – हेटौडा, गुलाबी सहर -वालिङ्, सेल्फी सहर – धनकुटा, फ्रि वाईफई नगर – मटिहानी, बालमैत्री स्थानीय शासन नगर – देवचुली र सुनवल]

सम्बन्धित् समाचार