गृहपृष्ठ खबर चिसो र शीतलहरले नवलपरासीको जनजीवन कष्टकर बन्दै

चिसो र शीतलहरले नवलपरासीको जनजीवन कष्टकर बन्दै

प्रकाशित मिति:

 

उमेश बि.क / नवलपरासी , १ पुस /

नवलपरासी लगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

मौसम परिवर्तन भएसँगै एक्कासी बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण तराई मधेसको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । चिसोले काम गर्नसमेत समस्या पारेको रुपन्देहीकाे गैडहवा गाउँपालिका ३ पाेहवा निवासी सबिता चाैधरी बताउनु भएको छ ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले शितलहरको समयमा गाई, भैसी, गोरू, बाख्रा, खुकुरा, अन्य पशुपंछीहरुलाई शितलहरको हानि नोक्सानीबाट बच्नको लागि समयमै गाईबस्तुको गोठ तथा खोरलाई पराल गेहुको छावलीले राम्रोसँग बारबेर गरेर सुरक्षित गर्न अाग्रह गर्नुभएको छ। साथै शितलहरको समयमा तातो पानीले नुहाउने व्यवस्था मिलाउने, धेरै चिसो बढेको अवस्थामा शरिरलाई तातो बनाउने गरम वा न्यानो हुने कपडा लगाउने तातोपानी पोषिलो खानेकुरा खाने पिउने , केटाकेटी, बृद्ध बृद्धा, गर्भावती महिला, बिरामी र शारीरिक रुपले मानिसलाई अत्याधिक हानी गर्ने हुदा हेरचाहमा विशेष ध्यान पुर्‍याइ सुझाव समेत दिनुभएको छ।

एबिसि नेपाल तथा स्ट्राेम फाउन्डेसन नेपाल कार्यक्रमकाे सिलसिलामा नवलपरासी बस्दै अाउनुभएकि नर्बेका अदिति र एमुनाले भन्छन् जाडाे धेरै छ । जुता चप्पल ,टाेपि, पन्चा, गल्बन्दि लगाउने ,माेजा र न्याने कपडा लगाउने ताताे पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुराेध गर्नु भएको छ। साथै युवाहरु खेलकुदमा ध्यान दिने , अागाे ताप्ने र जाडाे बढी भएको हुनाले अाफु र अाफ्नाे परिवारलाई बिशेष ख्याल राख्न सुचाव दिनुभएको छ।

त्यस्तै सरावल निवासी रेश्मा बि.कलाई जाडाेबाट कसरी बच्ने ? साेधिएकाे प्रश्नमा वहाँकाे जवाफ – जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउने , बढी जाडो भएमा शरीरमा तेलले मालिस गर्ने यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्ने साथै महमा प्रशस्त आइरन पाइन्छ। यो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पनि महत्त्वपूर्ण मानिन्छ । त्यसैले जाडोमा मह सेवन गर्नुहाेस ।अदुवाको सेवन पनि चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, दाल र तरकारी आदिमा अदुवा राखेर पकाउने गर्नुस् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्छ भन्ने बिचार राख्नुभएको हाे।

सम्बन्धित् समाचार