गृहपृष्ठ खेलकुद कावासोती नगरपालिकामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु

कावासोती नगरपालिकामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु

कोइलापानी पोलस्टार युवा क्लब र नवबिहानी युवा क्लब को संयुक्त आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आजदेखी कावासोती १ को कोइलापानी खेलमैदानमा सुरु भएको छ।खेल खेलौ स्वस्थ बनौ भन्ने मुल नारा सहित सुरु भएको प्रतियोगितामा नवलपुर जिल्ला २० भन्दा बढी टिमको सहभागीता रहेको खेल संयोजक लक्ष्मण थापाले जानकारी दिएका छन।

प्रतियोगिता अन्तर्गत आज दुइ खेल सम्पन्न भएको छ।उद्द्घाटन खेलमा आयोजक बि टिम र ओल्डस्टार क्लब बिच प्रतिस्पर्धा भएकोमा आयोजक टिमले नतिजा १-० ले आफ्नो पक्षमा पार्न सफल रह्यो भने दोस्रो खेलमा हसौरा ले पृथ्वीनगरलाइ ४ -१ ले पराजित गरेको छ।


नक-आउट प्रणालीबाट संचालन हुने खेलको प्रवेश शुल्क रु ३००० रहेको छ भने प्रथम र द्वितीय हुन सफल हुने समुहले क्रमश नगद रु ३०००० र २०००० प्राप्त गर्नेछन। एक महिनामा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको प्रतियोगिताको अफिसियल मिडिया गण्डकी आज अनलाइन रहेको छ।

सम्बन्धित् समाचार