उमेश बि.क / नवलपरासी ,४ पुस /
नवलपरासीको सरावल गाउँपालिका द्वारा विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा बितरण गरिएको छ।

पुस महिना शुरु भए लगत्तै तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण
सितलहरबाट बच्नकाे लागि सरावल गाउँपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा स्वरुप स्विटर बितरण गरिएको हाे।
न्यानो कपडा जनशक्ति प्रा.बि दङ्गिया ,त्रिमुर्ति प्रा.बि तिलौली
र बालपुरी प्रा.बि पिपरामा गरी २०८४ जना बिद्यार्थीहरु वितरण गरिएको हाे।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले वितरण गरेको वालवालिकालाइ जाडाे छल्न सहज हुने न्यानाे कपडा
समयानुकुल सहयोग पाएकाेमा बिद्यालयका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।
न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले जाडाे अत्याधिक बढेकाे हुनाले बालबालिकालाई जुता चप्पल ,टाेपि, पन्चा, गल्बन्दि लगाउने ,माेजा र न्याने कपडा लगाउने ताताे पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुराेध गर्नु भएको छ। साथै जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । र जाडाे बढी भएको हुनाले अाफु र अाफ्नाे परिवारलाई बिशेष ख्याल राख्न सुचाव दिनुभएको छ।
न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी,वडा सदस्यहरु ,सम्बन्धि विद्यालयका शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुकाे सहभागीता रहेको थियाे।










