गृहपृष्ठ खबर मदिरा ब्यबसायी संघको बार्षिक साधारण सभा सम्पन्न

मदिरा ब्यबसायी संघको बार्षिक साधारण सभा सम्पन्न

कपिलबस्तु मदिरा ब्यबसायी संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ र्। इजाजत पत्र लिएर मात्र खरिद बिक्रि गरौं अबैध मदिराको बिक्रि बितरण र सेबन नगरौं, बालक , बृद्ध , असक्त र धन नहुनेहरुले मदिरा सेबन नगरौं भन्ने मूलनाराका साथ बाणगंगा नगरपालिका वडा नं. ७ को खारखानीमा बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एबं नेपाल मदिरा ब्यबसायी महासंघका महासचिव तारानाथ ढुंगानाले मदिरा र मदिरा ब्यबसायीहरुलाई राज्य र समाजले हेर्ने दृष्टि फरक भएको बताएका छन् । कारोबार तथा ब्यबसाय बैंकिङ हिसावले गरिंदै आएको उनले दाबी गर्दै अबैध कारोबारको खुलेरै बिरोध गर्ने बताए ।

उनले टोटल ट्रान्जेक्सनको ३५ देखि ४५ प्रतिशत सम्म अबैध कारोबार हुँदै आएको बताउँदै स्थानियतहले अबैधानिक मदिरालाई लाईसन्स दिलाएर करको दयरामा ल्याउन सके राजश्वमा बृद्धिहुनुका साथै आर्थिक संमृद्धिमा समेत बृद्धि हुने बताएका थिए । ब्यबसायीहरुले राम्रो आम्दानी गर्न सकेमा राज्य समेत लाभान्वीत हुने उनको भनाई थियो ।

बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एबं कार्यक्रमका बिशिष्ट अतिथि बिष्णु गिरीले बार्षिक साधारण सभालाई संबोधन गर्दै मदिरा ब्यबसायीहरुमा समस्या आएमा वडाको पूर्णरुपमा सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यस्तै मदिरा ब्यबसायी संघ प्रदेश नं. ५ का अध्यक्ष गिरीराज पौडेलले मदिरा ब्यबसायलाई सरकारले हेर्ने दुष्टि फरक भएको पाईएको हुँदा सरकारले पक्षबात नगरी अन्य ब्यबसायी सरह सोचिदिन आग्रह गरेका थिए । कारोबार गर्नेहरु बिलमा चुक्न नहुने बताउँदै सभ्य तरिकाले ब्यापार गर्न समेत आग्रह गरेका थिए ।

त्यस्तै कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल , कपिलबस्तु मदिरा ब्यबसायी संघका पूर्ब अध्यक्ष घनश्याम पौडेल , कम्पनी प्रतिनिधि प्रितम गिरी र ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष सम्भु भट्टराई लगाएतले मन्तब्य दिदैं मदिरा ब्यबसायमा ठूलो समस्या ल्याउनु भनेको भेली उत्पादन गर्नु हो , यसबाट घरेलु मदिरा धेरै उत्पादन हुनेहुँदा ब्यबसायीहरु धरासायीमा परेको बताए ।
राज्यलाई कर नतिरी बिक्रिबितण गर्ने निति कर्हिकतै नभएको हुँदा मदिरालाई स्थापित गर्ने खाल्को दररेट हुनुपर्ने बताउँदै ब्यबसायीहरुका हकहितका लागि सबै एकजुट भएर अगाडी बढ्नु पर्ने बताएका थिए । उक्त बार्षिक साधारण सभामा संघका महासचिब गोबिन्द प्रसाद पौडेलले कार्षिक प्रतिबेदन र कोषाध्यक्ष बिष्णु प्रसाद सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साधारण सभामा सहयोग गर्ने दाता कम्पनीका करिब २ दर्जन प्रतिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम कपिलबस्तु मदिरा ब्यबसायी संघका अध्यक्ष सन्देस कक्ष्यपति को अध्यक्षतामा प्रमुख अतिथिहरु , बिशिष्ट अतिथिहरु , अतिथिहरु, मदिरा ब्यबसायी संघका बरिष्ठ सल्लाहकारहरु , लेखा समितिका संयोजक लगाएत जिल्लाका सम्पूर्ण ब्यबसायीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देलको स्वागत तथा महासचिव गोबिन्द प्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघमा १ सय ४० सदस्यहरु आबद्ध छन् ।

सम्बन्धित् समाचार