गृहपृष्ठ खबर ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

प्रकाशित मिति:

पुस १४, २०७६ सोमबार
माेरङ – रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ काे कर्सिया बजारमा ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीकाे दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते हुनुभएकाे थियाे ।

गम्भीर घाइते भएका चाैधरीकाे उपचारका क्रममा विराटनगरकाे कोशी अस्पतालमा ज्यान गएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेकाे छ ।

ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लेखनाथ दाहालले जानकारी दिनुभयाे ।

सम्बन्धित् समाचार