गृहपृष्ठ खबर सैनामैना औद्योगिक व्यापार महोत्सव सुरु , मेला आयोजना स्थल निर्माण गर्नेछौ : नगर प्रमुख कार्की

सैनामैना औद्योगिक व्यापार महोत्सव सुरु , मेला आयोजना स्थल निर्माण गर्नेछौ : नगर प्रमुख कार्की

प्रकाशित मिति:

सैनामैनामा मेला आयोजना स्थल निर्माण गरिने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखी सुरु भएको चौथो राष्ट्रिय सैनामैना औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो – “ नगरपालिकाको बिच बिच भाग पर्ने गरी यसै बर्ष मेला,पर्दशनी आयोजना स्थलको घोषण गरिने छ । ” कार्कीले मेला संचालनका लागि स्थायी स्थल नहुदा अनेकन चुनौतिहरु रहेको उल्लेख गर्दै यस आर्थिक बर्षमा नै मेला स्थल निर्माण कार्यको प्रारम्भ समेत गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले मेला महोत्सवले स्थानिय उद्योग व्यापारको उत्पादनलाई बजारीकरण गर्न सधाउने बताउँदै महोत्सवले यस क्षेत्रको पर्यटन पबद्र्धनमा टेवा पुर्याउने बताउनुभयो । समृद्ध सैनामैनाका लागि नगरले समग्र गुरु योजना निर्माण गरिरहेको कार्कीको भनाई छ । कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले सैनामैनालाई आर्थिक रुपले सबल बनाउन मेला महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले महोत्सवमा स्थानिय उत्पादनलाई जोड दिन आग्रह गर्नुभयो ।


मेलामा बुद्धकालिन सभ्यताको उजागर, ,पर्यटकीय क्षेत्रको पहिचान सँगसँगै स्थानिय स्तरमा उत्पादन भएका कृषि उत्पादन,कृषि औजार,सुचना तथा प्रबिधि,शिक्षा, दैनिक उपभोग्य वस्तुहरुका स्टल सहभागि रहेको संघका अध्यक्ष एवम् महोत्सव संयोजक राज बहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो अवसरमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रीस, सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, नेकपा प्रदेश पाँच कमिटी सदस्य भुमिलाल सापकोटा,मुल्यांकन समितीका संयोजक खुसीराम चौधरी लगायतले बोल्दै स्थानिय उत्पादनलाई जोड दिनुपर्ने बताउँदै महोत्सव सफलताको कामना गर्नुभयो ।

आयोजकले २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरेका छन् । “आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि पर्यटन उद्योग र व्यापार भन्ने” भन्ने मुल नाराका साथ सैनामैना ४ मुर्गिया पर्रोहा माविको अगाडि निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा माघ ६ गते सम्म संचालन हुनेछ ।
मेलाको पुर्व सन्ध्यामा सैनामैनाको विभिन्न स्थानबाट विभिन्न जात जातीका पोषाक,झाँकी,पन्चेबाजा सहित संघ संस्था,सहकारी,आमा समुह,क्लव सहितको र्याली मेला स्थल सैनामैना ४ मुर्गियामा पुगेको थियो । र्यालीमा सहभागि मध्ये पश्चिम तर्फबाट रामापुर मावि प्रथम, गुरुङ राष्ट्रिय परिषद द्धितीय, नेपाल मगर संघ सैनामैना तृतिय भएका छन् । यसैगरी पुर्वतर्फबाट क्षेत्री समाज नेपाल सैनामैना प्रथम, अस्नैया आमा समुह द्धितीय, नेपाल मगर संघ सैनामैना तृतिय भएको मुल्यांकन उपसमितीका संयोजक खुसीराम चौधरीले जानकारी दिनुभयो । उत्कृष्ट संघ संस्थाहरुलाई संघका अध्यक्ष राज बहादुर क्षेत्री ,चित्र बहादुर कार्की, फणिन्द्र प्रसाद शर्मा, र्याली व्यवस्थापन उपसमितीका संयोजक चाम बहादुर क्षेत्रीले संयुक्त रुपमा नगद पत्र सहित सम्मान पत्रले सम्मान गर्नुभयो ।

सैनामैना उद्योण संघका अध्यक्ष राज बहादुर क्षेत्रीको अध्यक्षता,सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव तथा महोत्सवका सदस्य सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।
मेलामा शुक्रबार रािष्ट्रय स्तरका कलाकारहरु गायक विष्णु खत्री, राजेन्द्र कंडेल गायिका विष्णु श्रीपाली गायक बिक्रम बाबु विक, हास्य कलाकार मदन पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक हिमाल गैरेले जानकारी दिनुभयो । यसैगरी शुक्रबार देखी नै सैनामैना डान्सिङ आइडल दोस्रो चरणको अडिसन र मम्मी डान्स समेत हुनेछन्

सम्बन्धित् समाचार