गृहपृष्ठ Featured जाडोयाममा हाडजोर्नी दुख्ने समस्या : दीर्घकालीन रोग बन्न पनि सक्छ

जाडोयाममा हाडजोर्नी दुख्ने समस्या : दीर्घकालीन रोग बन्न पनि सक्छ

प्रकाशित मिति:

चिसो बढेसँगै हाडजोर्नी समस्या भएका बिरामी किन बढ्छन् ?

चिसो बढेसँगै हाडजोर्नीका बिरामी बढ्ने गर्छन् । जब चिसो बढ्छ जोर्नीहरूको दुखाइ पनि बढ्छ । हाडजोर्नी समस्या अर्थात बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । त्यपछि बाथको समस्या देखापर्छ । त्यसैबाट बाथका रोगीको जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ ।

अर्को कुरा चिसोले गर्दा रगतका नलीहरू साँघुरिने गर्छन् । त्यसरी रगतका नसाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोग लाग्ने गर्छ । चिसोमा जोर्नीहरू करकरती खाने र दुख्ने हुन्छ । त्यस क्रममा पहिला हातका पञ्जाको जोर्नी सुनिन्छ । बाथसम्बन्धी रोग लाग्यो भने निको हुने सम्भावना कम हुन्छ । त्यसैले जाडोमा बाथको समस्या बढ्ने गर्छ ।


बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सुरुवात हुन्छ । उमेर बढ्दैसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रमा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । जोर्नी तथा बाथका बिरामी तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गर्छ ।


 

बाथ रोग लाग्यो भने कस्ता कस्ता समस्या देखापर्छन् ?

यो रोग लाग्दा कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन सक्छ । कोहीलाई जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ । मुख्यतः पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो । जोर्नीहरूमा आएको समस्यालाई वास्ता गरिएन भने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा बिरामी पुग्न सक्छन् । बाथकै कारण अपाङ्ग समेत हुन सक्छन् । जोर्नीसम्बन्धी हुने समस्या मध्ये कम्मर दुखाइ पनि बाथ हो । कम्मरको जोर्नीहरू दुख्ने सुनिने पनि हुन्छ । यस्तै हाड खिइएर पनि बाथको समस्या आउन सक्छ । प्रेसरको औषधि अनि क्यान्सर औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ । अन्य मौसममा पनि बाथका रोगी नहुने होइन । तर जाडोमा बढी समस्या देखापर्छ ।

बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सुरुवात हुन्छ । उमेर बढ्दैसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रमा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । जोर्नी तथा बाथका बिरामी तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गर्छ । महिलाहरूमा हात, खुट्टा जोर्नीमा समस्या आएसँगै हात खिइने, ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको पाइन्छ ।

वंशाणुगत रूपमा पनि जार्नीसम्बन्धी जोर्नीसम्बन्धी समस्या हुन पनि सक्छ । मेडिकलको औषधि खाएर निको नभएपछि जटिल अवस्थामा पनि बिरामी आइपुग्छन् । हात, खुट्टा बाङ्गिएपछि आउँछन् । कामको बढी प्रेसरले गर्दा घोडा खिइने । हातमार्फत धेरै काम गरियो भने हात खिइने । सानो उमेरमा पनि जोर्नी खिइन सक्छ । त्यसको पनि हातमा मात्रै सुनिन सक्छ । धेरेजसो चाहिँ घुडा, हिप सुनिन्छ । बाथ बढेर पछि जार्नीहरू बाङ्गिँदै जान्छ । यसले अन्त्यमा खुट्टा बाङ्गिएर अपाङ्ग समेत हुन सक्छ । प्राय सबै मौसममा बाथ हुन सक्छ । यसको सुरुवात कम उमेरबाट नै हुन्छ । विस्तारै बढ्दै जाने गम्भीर समस्या पनि आउन सक्छ । युरिक एसिडले पनि बाथ हुन सक्छ ।


बाथका कारण जोर्नी सुनिने र दुख्ने भएसँगै बाङ्गिएर हिँडडुल गर्न समस्या भएपछि पनि आउने धेरै हुन्छन् । वृद्धवृद्धा अस्पताल उपचार गराउन आउनुहुन्छ । किन ढिला आउनुभयो भन्दा नाग लागेको हो कि भनेर हेराउँदा पूजा गर्दा भएन भन्दै आउनुहुन्छ । बाथलाई समान्य मानेर बस्ने कही बिरामी अपाङ्गझैँ भएर पनि आउनुहुन्छ ।


युरिक एसिडका कारण पनि बाथ हुन्छ भन्नुभयो युरिक एसिड भएका बिरामीले बाथ हुन नदिनका लागि के कुरामा ध्यान दिन जरुरी छ ?

खानपान ध्यान नदिएको खण्डमा पनि युरिक एसिड हुन्छ । युरिक एसिड भएका मानिसले माछा मासु बढी खाँदा समस्या बढ्न सक्छ । त्यसमा पनि रातो मासु खानेलाई बढी हुन्छ । प्रेसरको औषधि सेवन गर्नेलाई युरिक एसिडको समस्या बढी हुन्छ । क्यान्सरको उपचार गरिरहेका बिरामीलाई पनि युरिक एसिड हुन्छ । युरिक एसिडले बाथ रोग लाग्न सक्छ । प्रकृतिक रूपमा केही मानिसको युरिक एसिड बढी नै हुन्छ । जस्तै खानेकुरामा टमाटर, रायोको दाना हालेको छोप खानु हुँदैन । काउली ब्रोकाउली, रातो मासु, च्याउ, मादकपदार्थ सेवन गर्न हुँदैन । साथै ड्रिक्ङसमध्ये बियर पिउनै हुँदैन । त्यस्ता कुरामा ध्यान दियो भने युरिक एसिड कम हुन सक्छ । युरिक एसिड बढ्दै गएमा विशेषज्ञको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । सक्रिय जीवन बिताएको खण्डमा युरिक एसिडको समस्याले सताउन सक्दैन ।

 

हाडजोर्नी समस्याका बिरामी अस्पताल आइपुग्दा कस्तो अवस्थामा आइपुग्छन् ?

सहरी क्षेत्रका बिरामी प्रायः समस्या हुने बित्तिकै अस्पताल आउने गरेको पाइन्छ । केही चाहिँ नजिकैका मेडिकलको औषधि खाएर निको नभएपछि आउने पनि गर्छन् । काठमाडौँभन्दा बाहिरबाट हाडजोर्नीको समस्या लिएर जटिल अवस्था आएपछि आउने धेरै छन् ।

बाथका कारण जोर्नी सुनिने र दुख्ने भएसँगै बाङ्गिएर हिँडडुल गर्न समस्या भएपछि पनि आउने धेरै हुन्छन् । वृद्धवृद्धा अस्पताल उपचार गराउन आउनुहुन्छ । किन ढिला आउनुभयो भन्दा नाग लागेको हो कि भनेर हेराउँदा पूजा गर्दा भएन भन्दै आउनुहुन्छ । बाथलाई समान्य मानेर बस्ने कही बिरामी अपाङ्गझैँ भएर पनि आउनुहुन्छ । पछिल्लो समय जोर्नीसम्बन्धी समस्या आयो भने सजगता अपनाउने र पहिलो चरणमा उपचार र परामर्श लिन आउनेको सङ्ख्या बढ्दै गएको छ । देशका विभिन्न स्थानका गाउँ गाउँबाट आउने बाथ रोग जटिल भएपछि आउने गर्नुहुन्छ । त्यसरी उपचार गर्न आउँदा उपचार खर्च बढी लाग्न पनि सक्छ ।

हाडजोर्नी समस्या जटिल अवस्थामा पुग्यो भने अपाङ्ग हुन सकिन्छ भन्नुभयो । यसको उपचार सम्भव छ कि छैन ? प्रत्यारोपण नै गर्नुपर्‍यो भने कति खर्च लाग्न सक्छ ?

उपचार खर्चिलो भन्दा पनि सकेसम्म रोग लाग्न दिनै भएन । जोर्नीसम्बन्धी समस्या छ भने पनि जटिल अवस्थामा पुग्न दिनुभएन । अरू समयभन्दा बढी जाडो मौसममा ख्याल गर्नुपर्छ । जोर्नी बाङ्गिने, ढाडको जोर्नीको समस्या अनि घुँडा खिइने, हिप खिइने गर्छ । यस्तो समस्या नेपालमा वृद्धवृद्धाहरूमा बढ्दो क्रममा छ । त्यसैले धेरैलाई हाडजोर्नीको समस्या बढी छ । बाथ भयो भने सुरुवाती समयमा औषधिको प्रयोग गर्न हो । त्यसबाट भएन भने बाथ रोगको प्रकृति हेरेर उपचार गर्नुपर्छ । यसरी उपचार गर्दा धेरै खर्च नहुन सक्छ । सामान्य फिजियो थेरापी गर्दा बढी नलाग्न सक्छ ।

धेरैजसो बिरामी जार्नीहरू बाङ्गोटिङ्गो हुन्छन्, काम गर्नै गाह्रो हुन्छ अनि मात्रै अस्पताल आउँछन् । त्यस्तो अवस्थामा जोर्नीको प्रत्यारोपण एक मात्रै विकल्प हुन सक्छ । बाथका कारण हात खुट्टा बाङ्गिएका र खिएकालाई अप्रेसनमार्फत सीधा बनाउन सकिन्छ । जोर्नी धेरे बिग्रिएका छन् भने जोर्नी गाभ्न पनि सकिन्छ । नेचुरल जोर्नीले काम नगरेपछि मात्र आर्टिफिसियल जोर्नी फेर्न सकिन्छ । दुखेका बाङ्गिएका जोर्नीलाई जाम खोलेर पनि  उपचार गर्न सकिन्छ । त्यो अवस्थामा बढी सर्जरी गर्नुपर्छ । जटिल हुँदै गएपछि औषधिले पनि काम गर्दैन । त्यसपछि अप्रेसनको आवश्यकता पर्छ ।


हाडजोर्नी समस्या हुन नदिन प्रथमतः सक्रिय जीवन बिताउन आवश्यक छ । सामान्यतः दिनमा ४०, ४५ मिनेट हिँड्नुपर्छ । साथै नियमित व्याम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय भएपछि मांसपेसी र जोर्नीलाई सक्रिय राख्न सकेमा मात्रै रोगबाट बाँच्न सकिन्छ ।


नेपालमा जोर्नी प्रत्यारोपण गर्न अलि महँगो छ किनभने अप्रेसन सबै ठाउँमा हुँदैन । त्यसका लागि विशेष तालिम प्राप्त डाक्टरहरूको आवश्यकता पर्छ ।

जस्तै काठमाडौँमा वीर अस्पताल, टिचिङ अस्पताल लगायत सिभिल अस्पताल आदिमा हाडजोर्नीको उपचार तथा प्रत्यारोपण पनि छ । निजी अस्पतालले पनि गर्दै आएका छन् । जोर्नीको समस्या जटिल भयो भने अप्रेसन लागत, त्यसका लागि चाहिने सामग्री महँगा छन् । एउटा जार्नी फेरेको सामान्यतः २ लाख रुपियाँको हाराहारी पर्न आउँछ । सरकारी अस्पतालमा त यति लाग्छ भने निजी अस्पतालमा बुझ्नै पर्छ ।

हाडजोर्नी समस्या हुन नदिन बाथसम्बधी समस्या भयो भने कस्ता कस्ता कुरामा ध्यान दिन जरुरी हुन्छ ?

हाडजोर्नी समस्या हुन नदिन प्रथमतः सक्रिय जीवन बिताउन आवश्यक छ । सामान्यतः दिनमा ४०, ४५ मिनेट हिँड्नुपर्छ । साथै नियमित व्याम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय भएपछि मांसपेसी र जोर्नीलाई सक्रिय राख्न सकेमा मात्रै रोगबाट बाँच्न सकिन्छ ।

आमा बुबालाई बाथको समस्या छ भने छोराछोरीलाई पनि हुन सक्छ । त्यसैले बाथ रोगी आमा बाबुबाट जन्मिएका सन्तानले अरूले भन्दा बढी सचेत हुन जरुरी छ ।

जाडो समयमा बाथको समस्याबाट बाच्नका लागि चिसोबाट नै बच्ने हो । न्यानो मौसमले जोर्नी सञ्चालन हुन सहयोग गर्छ । त्यसपछि रगत सञ्चालन भएपछि जोर्नी चल्ने क्षमता बढ्छ । न्यानो तथा तातो राखेर बस्न सकियो भने केही सहज हुन्छ ।

गाउँघरमा भारी बोकेर उकाली ओराली गर्नुपर्छ । नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्ने गर्छन् । यसरी भारी बोक्दा हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउँछ । त्यसैले यस्ता कुरामा ख्याल गर्न जरुरी छ । समस्या आएमा समयमै उपचार गर्र्नुपर्ने हुन्छ ।

बाथ हुन नदिन घरमा काम गर्दा होस् या यात्रा गर्दा अलिकति सावधानी अपनाए पुग्छ । भाडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । बिहान र रात्रि समयमा नुहाउने, लुगा धुन र भाँडा माझ्ने काम सकभर दिउँसो गर्‍यो भने कम हुन सक्छ । स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा, साथै टोपी, मोजा लगाएर बाहिर निस्कनुपर्छ । शरीर ढाक्ने तातो राख्ने कपडाहरू लगाउनुपर्छ । चिसोमा घर निस्कँदा विशेषगरी सचेत हुन जरुरी छ । त्यससँगै हामीले शारीरिक सक्रियता बढाउन जरुरी हुन्छ ।

तातो हुन भन्दै धूमपान तथा मध्यपान गर्ने चलन छ । यसले झन् समस्या बल्झाउँछ । जाडोमा हाडजार्नी समस्या हुन नदिन खानपानमा ध्यान दिन जरुरी छ । प्रतिरोधात्मक क्षमता बढाउनका लागि फलफूल तथा तरकारी, भिटामिन डी आदि तत्त्व भएका खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ ।

सम्बन्धित् समाचार