नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजश्व विभागको सहकार्यमा कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले सञ्चालन गरेको २ दिने कर प्रशिक्षण तालिमको बुधवार समापन गरिएको छ । संघको २३ औं नियमित वैठकको निर्णय अनुसार सरकारले लागु गरेको भिसिटिएस तथा कर सम्बन्धी तालिम संघको कार्यालयमा माघ ७ गतेबाट सुरु भएको थियो । पहिलो पटक उद्योगी व्यवसायीलाई कर सम्बन्धी नया व्यवस्था, कर कानुन बारे जानकारी दिनका लागि उक्त तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक रुकबहादुर भुसालले जानकारी दिए ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. ५का अध्यक्ष गुणनिधी तिवारीले सरकारी तथा निजी सहकारीको माध्यमबाट देशको आर्थिक निति माथि उकास्ने लक्ष्यका साथ कर सम्बन्धि तालिम आयोजना गरेकोमा कपिल उद्योग वाणिज्य संघको प्रशंसा गरेका थिए । उनले आफु मरेर गएपनि छोरा नाति हरुलाई समेत कर प्रणलिमा छुट नहुने हुदाँ सम्पुर्ण व्यवसायीहरुलाई ईमानदारीताका साथ कर तिर्न आग्रह गरे ।
त्यस्तै बिशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले कपिलवस्तु उद्योग वाणिज्य संघले यसरी व्यवसायिहरुको उल्लेखनीय सहभागिता गराई दुई दिने तालिम दिएर करमा लाग्ने जरिवाना बाट बच्नका लागि सह्रानिय काम गरेको बताए । उनले प्रशिक्षार्थी हरुले सिकेका कुराहरु लाई जस्ताको त्यस्तै ब्यबाहार ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सम्पुर्ण प्रशिक्षार्थी हरुको नेतृत्व गर्दै मदिरा व्यवसायि संघ प्रदेश न. ५का अध्यक्ष गिरीराज पौडेलले कर सम्बन्धि तालिम धेरै भए तर सामान्य कुराहरु देखि जटिल कुराहरु सम्म यस तालिममा सिकाई भएको बताए । उनले आफुहरुले सिकेको कुरा सकुसल कार्यन्वयन गर्नेमा प्रतिबद्ध रहेको जनाए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक सीता घिमिरेले आज सम्म १० ठाँउ भएका यस्ता तालिमहरु मध्य कपिलवस्तु उद्योग वाण्ज्यि नम्वर १ रहेको बताईन । उनले भनिन यस्तो व्यवस्थापन अहिले सम्ममा जिवनमौ कहिँ भएको थिएन कपिलवस्तु उद्योग वाण्ज्यि संघ उदाहरणनै बन्यो । चिसो मैसमका बाबजुत पनि यस्तो सहभागिता भएको देख्दा खुसि हुदै सामाजिक संजालमा स्टाटस समेत लेखेको बताईन ।
त्यस्तै संघका अध्यक्ष उमानाथ पौडेलले भिसिटिएस प्रणालिको अज्ञानताका कारण कर धेरै तिनुपर्ने तथा जरिवाना तिर्नुपर्ने अवस्थाबाट जोगिनुपर्ने बताउदौ । प्रदेश ५मौ पहिलो पटक कपिलवस्तु उद्योग वाण्ज्यि संघले तालिम आयोजना गरेको बताउँदै यस क्षेत्रका व्यवसायीहरुका लागि प्रभावकारी हुने बताए । तालिममा प्रदेश ५ का अधिकांश जिल्लाका १ सय २५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।










