गृहपृष्ठ खबर सुनवल नगरपालिका बिचैयापुरमा तीन महिने सिलाइ कटाइ तालिम सुरु

सुनवल नगरपालिका बिचैयापुरमा तीन महिने सिलाइ कटाइ तालिम सुरु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३  बिचैयापुरमा एक कार्यक्रमका  बिच तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको छ ।

महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको अध्यक्ष कमला गौतमको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो ।

तालिमको उदघाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख थापाले महिला अधिकारको जति कुरा गरे पनि आफुमा भएको  पितृसत्तात्मक सोच परिर्वतन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले  सम्पुर्ण महिला दिदी बहिनीहरु सीप सिकेर सक्षम भए मात्र अघि बढन सक्ने बताउनु भएको छ । उहाले सिप सिकेर त्यसलाइ ब्यवहारमा उर्तान सके मात्र यसको सार्थक परिणाम आउने बताउनु भएको छ । जसको लागी सुनवल नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रमका बिशिष्ठ अतिथी नगर उपप्रमुख दधिराम अर्यालले सुनवल नगरपालिका भित्र रहेका १३ वटै वडाका महिला उद्यम केन्द्रमा बिजुलीको मिटर र खानेपानीको धारा ब्यवस्था गर्ने बताउनु भएको छ । उहाले महिला उद्यम केन्द्रबाट सिकेका सिपहरु ब्यवहारमा लागु गरेर आफनो खुटटामा आफै उभिन सके मात्र महिला क्षमता बिकासमा बृद्धि गर्न सकिने बताउनु भएको छ । उपप्रमुख अर्यालले आगामी बर्ष महिला उद्यम केन्द्रको लागी १० लाख बजेट बिनियोजन गरी यसको जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाको वडा नम्बर १३ बिचैयापुर वडा नम्बर १३ को मुख्य सेन्टर भएकोले यसको संरक्षण  र बिकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

तालिममा महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको सचिव नमिता थापाको स्वागत मन्तब्य रहेको  तालिममा  बडेरा सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी , धान्यांचल माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुर्य न्यौपाने , महिला उद्यम केन्द्रकी सल्लाहकार सदस्य लक्ष्मी देवी ढकाल ,  साइन रेसुंगा डेप्लपमेन्ट बैंक लिमिटेड उपशाखा बडेराको प्रबन्धक ज्ञानु पाण्डे , कृषक जनशक्ति बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठ , सुनवल नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बालकृष्ण पंगेनी , सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एवम नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा लागायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिती सुनवल १३ को आयोजना तथा सुनवल  नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो ।

कार्यक्रममा घिउ डल्ला खानेपानी आमा समुहका अध्यक्ष गोमा न्यौपाने, सुनवल नगरपालिकाको कार्यपालिका सदस्य गौमाया गुरुंग ,वडा सदस्य खेम ढुंगाना, ओमप्रकाश चौधरी लगायतमा तालिममा सहभागी ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार