उर्मिला यादव सुनवल ,माघ १३
उखु उत्पादक कृषक समिती पश्चिम नवलपरासीले उखुको भुक्तानी रकम अझै सम्म नपाएको भन्दै चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
बिगत लामो समय देखि चिनीमिलहरु द्धारा खरीद गरीएको उखुको करीब २५ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाकी रहेकोले जिल्ला स्तरमा पटक पटक सहमती र सम्झौता गर्दा पनि किसानहरुले उखुको भुक्तानी रकम नपाउदा भोलि देखि चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको उखु उत्पादक कृषक समिती पश्चिम नवलपरासीले आज प्रेस बिज्ञप्ती जनाइएको छ ।
नेपाल सरकार र उखु किसानहरुका बिच गत पुस १८गते उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा नेपाल सरकार र उखु किसानहरुका बिच माघ ७ गते सम्म सम्पुर्ण बाकी भुक्तानी दिलाउने लिखित प्रतिबद्धता भए पनि उखु किसानहरुले हाल सम्म पनि उखुको भुक्तानी नपाउदा चरण बद्ध आन्दोलन गर्न बाध्य भएको उखु उत्पादक कृषक समिती पश्चिम नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव द्धारा हस्तलिखित बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
सम्बन्धित निकायहरुसग पटक पटक लिखित सहमती र सम्झौता गरिए पनि किसानलाई सधै धोका भएकाले समितिले राजमार्ग अवरुद्ध गर्ने र पुन राजधानी केन्द्रीत आन्दोलनमा उत्रने लगायतको तालिका सहितको बिज्ञपति सार्वजनिक गरेको छ।
बिज्ञप्तिमा भोलि माघ १४ गते राजनैनिक दल सग छलफल गर्ने, १५र १६ गते किसान जनजागरण अभियान गर्ने, १७ गते बृहत किसान भेला गर्ने ,१८गते पत्रकार भेटघाट गर्ने ,१९गते महेन्द्र राजमार्ग अन्र्तगत बर्दघाट टिसियन चोकमा राजमार्ग अबरुद्ध गर्ने र २०गते आन्दोलनको समीक्षा गरि संघिय राजधानी केन्द्रीत आन्दोलन तय गरिने कार्यक्रम रहेको बिज्ञप्तीमा उल्लेख गरीएको छ । आन्दोलन बाट हुने परिस्थीतिको जिम्मेवार सरकार र स्थानिय प्रशासन तथा मिल संचालक हुने बिज्ञप्तीमा उल्लेख गरीएको छ ।