गृहपृष्ठ Featured वाणगंगामा अज्ञात समुहद्धारा लाखौको धनमाल चोरी

वाणगंगामा अज्ञात समुहद्धारा लाखौको धनमाल चोरी

प्रकाशित मिति:

गयराती कपिलवस्तुको वाणगंगामा अज्ञात समुहद्धारा लाखौको धनमाल चोरी भएको छ । गयराती वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा खगराज ढुंगाना, पुनादेवी अधिकारी, सिर्जना पाण्डे लगायत अन्य घरमा चोरी भएको हो । गयराती घरका सबै सदस्य सुतिरहेको अवस्थामा च्यानल गेट तथा दराजको लक तोडेर घरमा भएको नगद, गरगहना, ल्यापट लगायत अन्य सामाग्री चोरेर लगेको निराश हुँदै खगराज ढुंगानाले बताएका छन् ।

घरमा कोहि नभएको बेलामा च्यानल गेट तोडेर घरका कोठा भित्र रहेका दराज तथा झोला खोली भएका गरगहना, नगद सबै लगेको उनकी श्रीमतीले बताईन् । जम्मा कति मुल्य बराबरको चोरी भयो भन्ने विस्तृत विवरण संकलन भईरहेको घट्नास्थलबाट ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । प्रहरी निरिक्षक आयुष प्रसाद जोशीका अनुसार घट्नाको अनुसनधान भईरहेको छ । थप विवरण आउँन बाँकी रहेको छ ।

सम्बन्धित् समाचार