गृहपृष्ठ Featured नव प्रभात सामुदायीक वनको अध्यक्षमा रेग्मी 

नव प्रभात सामुदायीक वनको अध्यक्षमा रेग्मी 

प्रकाशित मिति:

नव प्रभात सामुदायीक वन उपभोक्ता समुह बाणगंगा ८ बोडगाँउको कार्य समितिले पुर्णता पाएको छ । विगत दुई बर्ष देखि कार्यसमितिको आपसि विबादका कारण उपभोक्ताहरु निकै मारमा परेका थिए । वनको कार्यसमितिकै विचमा देखिएको द्वन्दले पुर्व कार्यसमितिहरु लाई अदालत सम्म पुर्याएको थियो ।

नव प्रभात सामुदायिक वनको जिल्ला वन कार्यालयबाट विधान स्वीकृत गरे पश्चात यसरि नयाँ कार्यसमितिको चयनको लागि प्रक्रीया थालिएको हो । कार्यसमिति चयनका लागि चेतनारायण भण्डारीको संयोजकत्वमा तिन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । उक्त निर्वाचन मण्डलले सर्वसहमत रुपमा कार्य समिति चयन गरेको छ ।

जसको अध्यक्ष्मा डिल्ली राज रेग्मी ,उपाध्यक्षमा मित्रलाल कडेल ,सचिव शारदा ढकाल थापा, सह सचिव रन बहादुर थापा, कोषध्यक्षमा बाबुराम भण्डारि, त्यस्तै सदस्यहरुमा गोविन्द थापा, सिता पाण्डे, दान बा.थारु, लक्ष्मी पौडेल, सन्तोष मरासिनी, मनकला ढकाल, जिवलाल पोख्रेल, गिता उपाध्याय, रुकमागत पन्थी, लक्ष्मी कडेल रहेका छन । नयाँ कार्य समिति आएसंगै आम उपभोक्ताहरुमा आशा पलाएको उपभोक्ताहरु बताउछन् ।

सम्बन्धित् समाचार