गृहपृष्ठ Featured बाणगंगा वडा न.२मा लागु औषध दुव्र्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु

बाणगंगा वडा न.२मा लागु औषध दुव्र्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नम्बर २ द्धारा आयोजित लागु औषध दुव्र्यसन सम्बन्धी युवा प्रशिक्षण कार्यक्रम पिपरामा सुरु भएको छ । युवा प्रशिक्षण कार्यक्रम युवाहरुका लागि लक्षित गरेर वडाले सञ्चालन गरेको हो । फागुन ३ र ४ गते सञ्चालन हुने प्रशिक्षणमा नार्कोनन प्रदेश ५ का संयोजक वसन्त पुन र लागू औषध दुव्र्यसन रोकथाम अभियानका उपाध्यक्ष नगेन्द्र पौडेलले २ दिनसम्म प्रशिक्षण दिने वडा ले जनाएको छ ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले वडा नम्बर २ ले विगतका दिनमा लागू औषध दुव्र्यसन सम्बन्धि अभियान संचालन गरेको र अहिले पनि यो कार्यक्रम फलदायी रहने बताए । उनले आफ्ना छोराछोरीको क्रियाकलाप हरेक क्षेत्रबाट बुबा आमाले ख्याल गर्नुपर्ने स्पष्ट प्रष्टपारेका थिए । वाणगंगा नगरपालिकाले २०२३ सम्म लागू औषधको प्रयोग शून्य बनाउने अभियान चालेकोमा सबैलाई एक ढिक्का हुन आग्रह गरेका थिए ।

यस्तै वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले भौतिक पूर्वाधार र विकास निर्माणमा नगर अब्बल रहे पनि युवा जगत राम्रो कार्यमा नलाग्दा नगर समृद्ध नहुने भएकोले युवाका लागि विशेष कार्यक्रम ल्याइएको बताए । बच्चालालाई माया मात्रै नभएर मायाका साथ उनिहरुले के गरिरहेका छन् भन्ने बारे चासो दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता, वाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय पिपरा प्रहरी निरीक्षक आयुष प्रसाद जोशी, वडाका सदस्यहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न विद्यालयका स्वास्थ्य विषय शिक्षण गर्ने शिक्षकहरु, पत्रकार, स्थानीय युवा, बुद्धिजिवी, स्थानीयवासी लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रम वडा सदस्य हिमलाल ज्ञवालीको स्वागत मन्तव्य तथा वडा सचिव नरेन्द्र पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार