गृहपृष्ठ खबर सुरक्षित आवास नभएका कारण कसैको जिवन जोखिममा पर्न दिइन्न

सुरक्षित आवास नभएका कारण कसैको जिवन जोखिममा पर्न दिइन्न

प्रकाशित मिति:

जुन नागरिकको आधारभुत रुपमा साझ विहान खान पाउने सामान्य स्वास्थ्य उपचार पाउनु सुरक्षित आवास नभए सम्म सम्बृद्ध नगरपालिका बन्न नसक्ने भन्दै आगामी नगर सभावाट सुरक्षित आवासका लागी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) र मानवअधिकार समुह बाणगगाले ०७६ फागुन २२ गते आयोजना गरेको आवासको अधिकार सम्बन्धी अन्तरकृयामा बाणगगा नपाका सामाजिक विकास समितिका संयोजक तथा वडा न ५ का वडा अध्यक्ष भिष्मराज भुसालले सो कुरा बताउनु भएको छ ।

अध्यक्ष भुसालले कुनै पनि नागरिक सुरक्षित आवास नभएका कारण जिवन जोखिममा पार्नु पर्ने अवस्था आउन हुन नहुने बताउदै आगामी बजेटवाट जनताका सुरक्षित आवास सम्बन्धी कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाले पहिले आफ्नो वडामा सुरक्षित आवास सम्बन्धी कार्यक्रम अन्तरर्गत खरका छाना मुक्त गर्नका लागी शुरुवात गरेको र अन्य वडालाई पनि कार्यक्रम संचालनका लागी पहल गर्ने बताउनु भयो ।

उहाले सम्बृद्ध नगरपालिका निमार्णका लागी आधारभुत स्तरका जनतालाई सुरक्षित आवास नभए सम्म सम्बृद्ध नबन्ने भन्दै जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने धारणा राख्नु भयो । वडा न ४,र ५ मा १५ ओटा घर जनता आवास अन्तरर्गत बन्न थालेको बताउनु भयोे ।

यसै गरि कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईले नागरिकको आधारभुत आवस्यक पुरा नभए सम्मसम्बृद्ध नगर बन्न नसक्ने भन्दै इन्सेकले अगाडी सारेका शिक्षा, स्वास्थ्य, खाध्य र आवासका अधिकार जस्ता विषयमा नगरपालिकाले योजना बनाई कार्यन्वय गर्नु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा टिनका छाना मुक्त अभियानका संयोजक भरत कुमार कार्कीले नागरिकको पहिलो आवस्यकता नै सुरक्षित आवास रहेकोले नगरपालिकाले आगामी बजेट वाट पुरै नगरपालिका भित्र रहेका नागरिकका खरका छाना मुक्त गराई सम्बृद्ध नगरपालिका घोषणा गर्नु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा अध्यक्ष तथा मानवअधिकार समुहका बाणगंगाका अध्यक्ष रोमाकान्त घिमिरेले सम्बृद्ध नगरपालिका निमार्णका लागी इन्सेक र मानवअधिकार समुहले अभियान संचालन गरि रहेकोले नगरपालिले पनि समन्वय गरेर अगाडी बढन आग्रह गर्नु भयो । जबसम्म शिक्षा, स्वास्थ्य , खाध्य र आवासका अधिकार उपभोग गर्न पाउदैन तव सम्म सम्बृद्ध नगर नहुने बताए ।

अन्तरकृया कार्यक्रममा इन्सेक सहजकर्ता नन्दराम पौडेलले नेपालको संविधान ०७२ को मौलिकहक अन्तरर्गत धारा ३७ मा रहेको आवास सम्वन्धी हक र आवास सम्बन्धी कानुनका वारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा आवास विहिन नागरिक रुपा, जिसी अम्बीका कुमारी विक किस्मती थारु लगाएतले आफुहरु संविधान र कानुनमा आवासका कुरा गरेपनि सुरक्षित आवास नहुदा कतिबेला दुर्घटनामा परिने हो भन्दै सुरक्षित आवासका लागी पहल गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रम इन्सेक प्रतिनिधि पार्वती आर्चायको संचालन मानवअधिकार समुहका कोषाध्यक्ष थानेश्वर अधिकारीको स्वागतमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार