कपिलवस्तुको वाणगंगगा नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित दादुरा, रुवेला खोप अभियान सुरु भएको छ । वडा नं. ११ बाट सुरु गरिएको कार्यक्रममा ९ महिनादेखि ५ बर्ष मुनिका वालवालिकाहरुलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । वडा नं. ११ का ९ स्थानमा खोप लगाइने वडाले जनाएको छ । नगर प्रमुखको अभिभावकत्व, वाल स्वास्थ्यमा अपनत्व भन्ने नारका साथ पुर्ण खोप अभियान अन्तर्गतको कार्यक्रमको नगर उपप्रमुख चक्रपाणि अर्यालले उद्घाटन गरेका हुन् । वालवालिकाहरुको तौल जाँच गरी उनीहरुलाई खोप लगाईएको थियो । पहिलो दिन वडा नं. ११ का ७० जना वालवालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप लगाईएको छ ।
आजबाट चैत ८ गते सम्म ११ वटै वडामा उक्त कार्यक्रम गरि नगरका प्रत्येक वालवालिकाहरुलाई खोप लगाईने गरी चिकित्सकहरु परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख चक्रपाणि अर्यालले यसरी नै नगरका हरेक वडाहरुमा कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए । उनले नगरलाई नै पुर्ण खोप नगर घोषणा गर्ने अभियान अन्तर्गत यो कार्यक्रम ल्याएको बताए । अर्यालले नगरभित्रका कोहि पनि वालवालिकाहरु यो खोपबाट बञ्चित नहुने गरी व्यबस्था मिलाईएको बताएका थिए ।
त्यस्तै वडाअध्यक्ष सोमनाथ अर्यालले दादुरा रुवेला खोप सबै वालवालिकाहरुले पाउनुपर्ने भन्दै पुर्ण खोप, पुर्ण स्तनपान तथा पुर्ण घट्ना दर्ता नगर बनाउँने अभियानका साथ वडामा प्रभावकारी रुपमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको बताए । उनले जम्मा ९ मध्ये अब भोलिबाट ८ वटा स्थानमा निरन्तर रुपमा उक्त अभियान सञ्चालन हुने बताए । वडाअध्यक्ष अर्यालले पुर्ण खोप वडाका लागि वडा सधै प्रतिवद्ध रहेको भन्दै कोहि पनि वालवालिका छुट्न नहुने बताए । साथै उनले फागुन २९ अर्थात भोलि भड्सडवा स्वास्थ्य चौकीमा ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिवर सञ्चालन गरिने जानकारी दिँदै आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई उपस्थित हुने आग्रह गरे ।
वडाअध्यक्ष अर्यालको अध्यक्षता, रहेको कार्यक्रममा वडा सदस्य वाज बुल नैन शाह, जगनारायण थारु, (नेकपा) वडा कमिटि अध्यक्ष मधु बेल्बासे, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता तथा वडावासीको उपस्थिती रहेको थियो । यसैबिच दादुरा रुबेला खोप अभियन अन्र्तगतको यो अभियान जिल्लाका अन्य स्थानिय तहहरुमा समेत संचालन भईरहेका छन् । यता वाणगंगा नगरपालिकाका अन्य वडाहरुमा भने स्थानिय स्वास्थ्य चौकी प्रमूख तथा वडा अध्यक्ष सहित स्वास्थ्य स्वयमसेवीकाहरुले अभियान सुरु गरेका छन् । यो अभियान आगमी चैत्र ८ गते सम्म संचलन हुने नगरपालिकाले जनाएको छ । वाणगंगा नगरपालिका भित्रका कुल ६ हजार ७ सय वालवालिकालाई खोप दिने लक्ष्य लिइएको छ । जसका लागि नगरपालिका भर २८ जना स्वास्थ्यकर्मी र १४६ स्वयमसेवक परिचालन भएका छन् ।