प्राय दैनिक प्रयोग हुने विद्युतको महशुल बुझाउन सहज हुने तरिकाले विभिन्न माध्यमबाट अनलाइन विल भुक्तानीको सुविधा दिने निर्णय नेपाल विद्युत प्राविधिकरणका निर्देशक कुलमान घिसिङले यसको घोषण गर्नुभएको थियो ।
त्यसै अनुरुप ई–सेवा लगायत अन्य अनलाइन प्रविधिहरुले पनि देशभरकै विद्युत महशुल शाखाको विल अनलाइन भएको बेला कपिलवस्तु जिल्ला स्थित तौलिहवा शाखामा विद्युत महशुलबाट अपडेट हुने विल समयमा कर्मचारीले विल अपडेट नगर्दा अनलाईनबाट भुक्तानी दिने ग्राहकहरु चिन्तित बनेका छन् ।

प्रयाजसो जितपुर , गजेहडा, ठाकुरापुर तथा जिल्लाको विभिन्न ठाउँको विल काटेको १०–१५ दिन सम्म पनि अपटेड नगर्दा आफ्नो समय खर्च गरेर विद्युत कार्यालयमा लाईन लाग्नुपर्ने बाध्यता नहटेकाले सर्वसाधारण चिन्तित बनेका छन् ।
ठाकुरापुरका गोविन्द पौडेल भन्छन् समय निकै महत्वपुर्ण हुन्छ हामी जस्तो युवाले ईसेवा बाट लाइनमा नबसेर विल तिर्न पाउदा समयको बचत हुन्छ तर विद्युत प्रविधिकरणले समयमा विल अपडेड नगर्दा विल तिर्नको लागि लाइन बसेर बिल तिर्दा समय निकै खर्चनु पर्ने हुन्छ ।
कहिले काहिँ त १–२ घण्टा नै लाईन बस्नु पर्छ ई–सेवाबाट विल किन अपडेट भएन भनेर बुझ्दा विभिन्न बाहाना कर्मचारीले बनाउने गरेका ई–सेवा एजेण्डहरुले दावी गरेका छन् । कुनै दिन १० बजे खुल्न पर्ने अनलाइन सिस्टम ११ बजे सम्म पनि नखुल्दा विद्युत कर्मचारी माथि शंका गर्न प्रशस्त ठाउँ रहेको छ ।








