लक डाउनको समयमा पनि ओहोरदोहोर गर्न थालेको भन्दै स्थानीयले गाउँले नियमहरु बनाएर लागू गर्न थालेका छन् । लकडाउनका बेला मानिसहरु आवतजावत गर्न थालेको भन्दै यहाँका स्थानीयले बाटो अवरुद्ध गरेर हिँडडूलमा प्रतिवन्ध लगाएका हुन् । कपिलवस्तु नगरपालिका– ६ सगराहवा गाउँका स्थानीयले सडकमा बार लगाएर राखेर आवागमन अवरुद्ध पारेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर श्रीनगर सगरहवा देखि थमुवा जाडने सडकमा बाँसको डण्डा बाँधेर सडक अवरुद्ध गरेका हुन् । ‘मानिसहरु आफूखुसी रातदिन हिँडडूल गर्न थालेका छन, उनीहरु हिँडडूल नगरुन् भनेरै हामीले सडक अवरुद्ध गरेका हौँ,’ स्थानीय संगीतान भुसालले भनिने,‘यसले गर्दा मानिस जथाभावी हिँडडूल गर्दैन।’
सडकमा बाँस बाँधेर बाँसमा पनि कोरोना सम्बन्धी चेतनामूलक सन्देश टाँसिएको उनले बताईन । गाउदलेहरुले पनि आफू अर्काको गाउँमा नजाने र अरुले पनि आफ्नो गाउँमा नआउने सहमति गर्दै सडक अवरुद्ध पारेको बताएका छन् । सरकारी लक डाउनको पालना नभए पछि गाउँगाउँमा निगरानी बढाईएको छ ।