गृहपृष्ठ खबर युएईमा थप २ जना नेपालीमा कोरोना संक्रमण भेटियो

युएईमा थप २ जना नेपालीमा कोरोना संक्रमण भेटियो

युएईमा फेरि २ जना नेपालीमा  कोरोना  भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।

सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनी निको भएका थिए ।

युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

 

सम्बन्धित् समाचार