गृहपृष्ठ Featured सांसद कमाल भन्छन, गरिब परिवारलाई भोकै राख्नु हुन्न

सांसद कमाल भन्छन, गरिब परिवारलाई भोकै राख्नु हुन्न

संघिय सांसद अतहर कमाल मुसलमानले कोरोना संक्रमण रोक्न गरिएको लकडाउनले अति गरिब परिवारहरु समस्यामा परेकाले समयमै सजग हुन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका कमालले कोरोना भाईरसको संक्रमण रोक्नका लागी लकडाउन आवश्यक रहेको भए पनि मेहनत मजदुरी गरेर दैनिक जिवन यापन गर्नेहरुका समस्या समाधानमा कुनै योजना नबनेको बताए । “कोरोना संक्रमणको पिरलो सगै कोही भोकै पेट मर्ने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।”

घरमै लकडाउनको पुर्ण पालना गरेका कमालले भने । अब सामाजिक सञ्जालमा प्रचार खोज्ने उदेश्यको भन्दा पनि दैनिक मजदुरी गरेर खाने श्रमिकका लागी खाधान्न उपलब्ध गराई भोकै बस्नु पर्ने बाध्यता निराकरणको आवश्कयता रहेको उनले जिकीर गरे । उनले मेहनत मजदुरी गरेर दैनिक गुजारा गर्ने गरिब र बिपन्नलाई लकडाउनको पाँच दिन धान्न धौ धौ परेको अनुभुती गरेको बताए । “लकडाउनको अवधी थपिने निश्चित जस्तै छ । अब थपिएको समयमा गरिबहरु कोरोना भन्दा पनि खान नपाएर मर्ने अवस्था छ । हामी सबै यो बिषयमा जिम्मेबार हुन आवश्यक छ ।” उनले गम्भिरताका साथ भने । दैनिक ज्याला गरेर परिवार पाल्ने गरिबहरुलाई भोको पेट बस्नु पर्ने समस्या समाधान गर्न आफुले स्थानिय प्रशासन सँग समन्वय बैठक राख्न अनुरोध गर्दै आएको सांसद कमालले जनाए । उनले बिश्वास दिलाउदै भने “प्रशासनको पहलमा जिम्मेबार व्यक्ति उपस्थित गराएर लङ्ग डिस्टेन्स बाटै बैठक गरौं । स्थानिय प्रशासनले निती र कार्यक्रम बनाओस । हामी सहयोग जुटाउने कार्य गर्न तत्पर रहने छौ ।” गरिबलाई लक डाउनको अवधीमा चामल, दाल र नुन जस्ता अति आवश्यकिय सामग्री दिन सकिए पनि उनीहरु भोकै बस्नु पर्ने अवस्था नरहने उनले दावी गरे ।

समाजमा कोरोना बारे सचेतना प्रवाहको कार्य धेरै अघि बढेको बताउदै अब अति गरिबलाई खाद्यान्न व्यवस्था गरेर जिवन यापनको सुनिश्चितता गराउनु अवस्था आएको उनको भनाई छ । कमालले भने “सचेतना प्रवाह ग¥यौं । अब गरिबको पेट भर्ने उपायको खोजीमा लागौं । गरिब कोरोनाबाट बाच्ला तर भोको पेट बाच्नै सक्दैन” । निर्वाचनका बेला लाखौं खर्च गर्न सक्नेहरुले यस्तै दुखःका बेला जनताको सहयोग गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । आफु खाधान्न सहयोगका लागी जनताका बिचमा अभियान चलाउन जान चाहे पनि सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गरि रहेको बताए । “स्थानिय प्रशासनलको पहलमा हुने बैठकबाट अति गरिब जनतालाई सुरक्षित तवरले राहत उपलब्ध गराउन जानका लागी आवश्यक निती र योजना बनाउन आवश्यक छ । जनताका बिचमा सहयोग गर्न जानका लागी तत्पर रहेको उनले जनाए ।

सम्बन्धित् समाचार