लकडाउनका कारण जिल्ला भित्र निर्माण कार्य रोकिएर अलपत्र परेका मजदुरलाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पहल गर्ने
परासी, १६ चैत
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज एक सूचना जारी गर्दै लकडाउनका कारण जिल्ला भित्र निर्माण कार्य रोकिएर अलपत्र परेका मजदुरलाई उद्धारका लागि पहल गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले विज्ञप्तिमा जिल्लाभित्र निर्माण कार्य रोकिएर अलपत्र परेको भए आवश्यक कागजातसहित सम्पर्क गर्न मजदुर तथा कामदारहरुलाई आग्रह समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले आज जारी गर्नु भएको विज्ञप्तिमा सम्बन्धीत कम्पनी वा कन्ट्रयाक्टरबाट काम बन्द भएको सिफारिस पत्र, मजदुर वा कामदारको नाम ठेगाना सहितको विवरण र सम्बन्धीत कम्पनीबाट सवारी साधन व्यवस्था भएको पत्रसहित सम्पर्क गर्न उल्लेख गरिएको छ ।