गृहपृष्ठ खबर बुटवलको आइसोलेशनमा मृत्यु भएका युवामा कोरोना संक्रमण नभएको पुष्टि

बुटवलको आइसोलेशनमा मृत्यु भएका युवामा कोरोना संक्रमण नभएको पुष्टि

बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएर आइतबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस नेगेटिभ पाईएको छ । दुबईबाट फर्केपछि कोरोनाको आशंकामा सैनामैनाका बाबुराम थापालाई बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएपछि मृत्युको कारण कोरोना संक्रमण हुन सक्ने आशंका गरीएको थियो ।

टेकु अस्पतालले स्वाब परीक्षण गरिएका थापाको प्रारम्भिक रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । स्वाबको पुन परीक्षण गरेर अन्तिम रिपोर्ट दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन् । उनले सोमबार नै आउने भए पनि अझै केही समय लाग्ने बताइन् ।

रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भएको थियो ।चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदै गर्दा उनको आइतबार दिउँसो मृत्यु भयो । उनको शव कोरोना विशेष अस्पतालमा राखिएको छ ।

सम्बन्धित् समाचार