बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएर आइतबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस नेगेटिभ पाईएको छ । दुबईबाट फर्केपछि कोरोनाको आशंकामा सैनामैनाका बाबुराम थापालाई बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएपछि मृत्युको कारण कोरोना संक्रमण हुन सक्ने आशंका गरीएको थियो ।
टेकु अस्पतालले स्वाब परीक्षण गरिएका थापाको प्रारम्भिक रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । स्वाबको पुन परीक्षण गरेर अन्तिम रिपोर्ट दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन् । उनले सोमबार नै आउने भए पनि अझै केही समय लाग्ने बताइन् ।
रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भएको थियो ।चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदै गर्दा उनको आइतबार दिउँसो मृत्यु भयो । उनको शव कोरोना विशेष अस्पतालमा राखिएको छ ।