
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति एवं पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्र राजआर्चायले कोरोना सक्रमणवाट वच्न सरकारले लक डाउन गरेपछि विपन्नहरुलाई समस्या परेपछि तत्काल विपन्नलाई राहत वितरण गर्न आग्रह गरेका छन् ।
आर्चायले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दे दैनिक रुपमा ज्याला मजदुरी गरेर खानेहरुको लागी काम गर्न नपाएपछि साझ विहान छाक टार्न समस्या परेको भन्दै सरकारले उनिहरुलाई तत्काल राहत कार्याक्रम ल्याएर समस्या समाधान गनुपर्ने उल्लखे गरेका छन् ।
संघ , प्रदेश र स्थानीय सरकारले त्यस्ता ज्यालादारी गरी जिवन विताएका विपन्न वर्गहरुलाई ढिला नगरी तत्काल खाद्यान्न लगायत दैनिक जिवनमा आवश्यक पर्ने सामग्री वितरण गर्न आग्रह गरेका छन । साथै लामो लक डाउनको समयमा भारतको दिल्ली लगायत तेस्रो मुलुकवाट नेपालमा आएका जिल्लाबासीहरुलाई बुधइकाइ समितिले तथ्याक संकलन गरी १४ दिन सम्म उनिहरुलाई क्वरेन्टाइनमा राखेर हेरविचारको व्यवस्था गर्न स्थानीय सरकार र स्वास्थ्यकर्मी मिलेर काम गर्न समतिलाई निर्देशन समेत दिएका छन् । मानविय सहयोग गर्ने यो समयमा जो जहा छ त्यही वाट सहयोग गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
साथै आर्चायले ज्यानको आहुतीदिएर जनता र देशको लागीकाम गरिरहेका सूरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई उचितप्रोत्साहन र विमा रकमव्यवस्था गर्न सरकार संग माग गरेका छन् । यस्तो विपदको समयमा २४ औ घण्टा खटिरहेको राष्ट्र सेवक जनशक्तिको लागी तत्काल पोत्साहन काप्याकेज ल्याएर उच्च मनोवल दिनुपर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै आम जिल्ला बासिलाई साबुन पानिले हातधुने , भिडभाडमा नजाने अत्यावश्यक परेको बेलामात्र घरबाट बाहिर निस्कन अपिल समेत गरिएको छ । त्यसको लागी पार्टी नेताकार्यकर्ता, तरुण विद्यार्थी हरुलाई जो जहां छ त्यही बाट परिचालितहुन समेत आग्रह गरिएको छ । सरकारले गरेको लक डाउन र स्वास्थ्य सम्वन्धीआनिवानीको पुर्ण रुपमापालना गर्न समेत आम नागरिकलाई आर्चायले आग्रह गरेका छन् ।







