गृहपृष्ठ खबर कोरोना अपडेट – नेपालमा ११ सय ४५ कोरोनाका नमुना परीक्षण, ११४० को रिपोर्ट नेगेटिभ

कोरोना अपडेट – नेपालमा ११ सय ४५ कोरोनाका नमुना परीक्षण, ११४० को रिपोर्ट नेगेटिभ

प्रकाशित मिति:

सरकारले बिहीबारसम्म नेपालमा ११ सय ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको हाम्रो स्वास्थ्य एपसका माध्यमबाट जनाएको छ। परीक्षण गरिएका ११ सय ४० को रिपोर्ट नेगेटिभ आएको छ । ५ को रिपोर्ट पोजेटिभ अाएको छ । जसमध्ये १ जनाको उपचारपछि नेगेटिभ रिपोर्ट अाएको छ भने पोजेटिभ ४ जनाको अवस्था सामान्य रहेको छ ।

पोजेटिभ रिपोर्ट देखिएका २ जनाको उपचार टेकु अस्पताल काठमाडौंमा भइरहेको छ भने १ जनाको धनगढी स्थित भेरी अस्पताल र एक जनाको बागलुङमा उपचार भइरहेको छ ।

हालसम्म देशभरी एक हजार एक सय ४५ जना शंकास्पद बिरामीको मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।

त्यसैगरी विश्वभरि ९ लाख ३६ हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ४७ हजार २४९ ले ज्यान गुमाएका छन् भने १ लाख ९४ हजार ५८३ उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा २ लाखभन्दा बढी संक्रमित देखिएका छन् ।

सम्बन्धित् समाचार