गृहपृष्ठ खबर कोरोना अपडेट – नेपालमा ११ सय ४५ कोरोनाका नमुना परीक्षण, ११४० को रिपोर्ट नेगेटिभ

कोरोना अपडेट – नेपालमा ११ सय ४५ कोरोनाका नमुना परीक्षण, ११४० को रिपोर्ट नेगेटिभ

सरकारले बिहीबारसम्म नेपालमा ११ सय ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको हाम्रो स्वास्थ्य एपसका माध्यमबाट जनाएको छ। परीक्षण गरिएका ११ सय ४० को रिपोर्ट नेगेटिभ आएको छ । ५ को रिपोर्ट पोजेटिभ अाएको छ । जसमध्ये १ जनाको उपचारपछि नेगेटिभ रिपोर्ट अाएको छ भने पोजेटिभ ४ जनाको अवस्था सामान्य रहेको छ ।

पोजेटिभ रिपोर्ट देखिएका २ जनाको उपचार टेकु अस्पताल काठमाडौंमा भइरहेको छ भने १ जनाको धनगढी स्थित भेरी अस्पताल र एक जनाको बागलुङमा उपचार भइरहेको छ ।

हालसम्म देशभरी एक हजार एक सय ४५ जना शंकास्पद बिरामीको मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।

त्यसैगरी विश्वभरि ९ लाख ३६ हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ४७ हजार २४९ ले ज्यान गुमाएका छन् भने १ लाख ९४ हजार ५८३ उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा २ लाखभन्दा बढी संक्रमित देखिएका छन् ।

सम्बन्धित् समाचार