वाणगंगा नगरपालिका अन्र्तगत एकद्धार प्रणालीबाट राहात बाढ्ने कार्यक्रम वडा नम्बर ९ मा आज वडा अध्यक्ष धुव्र बेल्वासे , राजनितिदलका प्रतिनिधि, पत्रकार, समाजसेवीहरुको रहोवरमा वडाका अति विपन्न ८२ घरपरिवारलाई राहात स्वरुप ५ सदस्य सम्मको परिवारलाई २० किलो चामल , १ लिटर तेल, २–२ थान सावुन , नुन र २ किलो दाल र ५ सदस्यभन्दा माथिको परिवारलाई ३० किलो चामल , १.५ लिटर तेल, २–२ थान सावुन , नुन र ३ किलो दाल वितरण गरिएको छ ।
राहात वितरण कार्यक्रम जारी रहदाँ सामाजिक दुरी कायम गर्दै कोरोना भाईरस बिरुद्ध सामाजिक जनचेतना बाढिएको थियो । सेनिटाइजरको प्रयोग , माक्स र मेडिकल पन्जाको प्रयोग गरिएको थियो । उक्त कार्यले आय स्रोत नै नभएका विपन्न परिवारहरु थोरै भए पनि उत्साहित देखिन्थे ।