गृहपृष्ठ खबर सेवाभावले भोकाएका नागरीकको सेवामा खटिन प्रतिबद्ध छौ : वडा अध्यक्ष भुसाल

सेवाभावले भोकाएका नागरीकको सेवामा खटिन प्रतिबद्ध छौ : वडा अध्यक्ष भुसाल

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा न. ८का वडा अध्यक्ष गुणानिधि भुसालले भोकाएका नागरीकको सेवामा खटिने वचनबद्ध गरेका छन् । कोरोना भाईरसको माहामारिले देश लकडाउनमा छ यस्तो अवस्थामा कुनै पनि अति विपन्न र गरिब नागरिकहरुलाई भोकभोकै बस्न नपर्ने उनले बताएका छन् ।

यद्यपि बाणगंगा नगरपालिकाको विपद व्यवस्थापन कोषको रकम बाट नगरले वडा वडामा राहत पुर्यायको छ । सोहि सन्र्दभमा लकडाउन अझै लम्बिन सक्ने हुदाँ यदि नगरपालिकाको राहत कोषले मात्रै थेग्न नसक्ने अवस्था आएमा पनि वडामा भोकाएका नागरीकको सेवामा जस्तो अवस्थामा पनि खटिने अध्यक्ष भुसालको भनाइ छ ।

भुसालले नगरपालिकाले शुक्रवार वडामा पठाएको राहत वितरण गर्दै वडाका विपन्न परिवारलाई यस्तो जानकारी दिएका हुन । वडाले यसभन्दा अगाडिनै चुलोवल्न छोडेका ३० घर परिवारमा राहत बाडिसकेको छ । यदि वडामा कसैलाई साह्रै अप्ठ्यारो परिस्थिती आई परेमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार