गृहपृष्ठ खबर भारतमा लकडाउन १९ दिन बढाइयो

भारतमा लकडाउन १९ दिन बढाइयो

प्रकाशित मिति:

काठमाडौं : भातरमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन्। यसअघि तीनसाताका लागि घोषणा गरिएको लडकडाउनको अवधि बुधबारबाट सकिँदै थियो ।  उनले थप १९ दिनका लागि भातरभर लडकडाउनको घोषणा गरेका हुन्।

विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।

आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए ।

भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको बताए। विश्वका अन्य शक्तिशाली मुलुकका तुलनामा कोरोना महामारीविरुद्ध लड्न भारतले गरेको प्रयास राम्रो  रहेको उनले दाबी गरे।

‘यो समय कुनै देशसँग तुलना गर्ने अवस्था होइन तर केही हप्ता पहिला भारतकै अवस्था रहेका मुलुकमा अहिले भारको तुलनामा कोरोना संक्रमण २५, ३० गुणा बढेको छ।’ मोदीले भने ।  विश्वका शक्तिशाली मुलुकमा दिनहुँ हजारौंको मृत्यु भएको घटनाप्रति भारत सरकार सचेत रहेको र भारतमा कसरी कमभन्दा कम क्षति मै सीमित गर्ने भन्नेमा सरकार लागेको मोदीले दाबी गरे।  नागरिकहरुले लकडाउनको बढाउन सुझाव दिइरहेको भन्दै उनले सरकारको घोषणामा साथ दिएकोमा प्रशंसा गरे ।

हालसम्म भारतमा करिब साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने । ३५० भन्दा धेरैको मृत्यु भएको छ।

सम्बन्धित् समाचार