गृहपृष्ठ खबर कपिलवस्तु जेसिज बर्ष २०२० को “घर घरमा डाक्टर अभियान” बुधवार वडा न.४ मा चेकजाँच

कपिलवस्तु जेसिज बर्ष २०२० को “घर घरमा डाक्टर अभियान” बुधवार वडा न.४ मा चेकजाँच

प्रकाशित मिति:
कपिलवस्तु जेसिज बर्ष २०२०को "घर घरमा डाक्टर अभियान "
कपिलवस्तु जेसिज बर्ष २०२०को “घर घरमा डाक्टर अभियान “

विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को डरले निजि अस्पतालहरुले उपचार गर्नै नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” चलाएको छ । अभियानको १२ औँ दिन पनि उत्तिकै सक्रियताका साथ काममा खटिएको छ । अभियानको १२ औँ दिन बाणगङ्गा नगरपालिका वडा नम्बर ३ र ४ मा बुधबार अभियान संचालन गरेको हो ।

आम जनताको स्वास्थलाई मध्य नजर गर्दै कपिलवस्तु जेसीज वर्ष २०२० को आयोजनामा कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा ,नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखाको विशेष सहयोग एवम् बाणगङ्गा नगरपालिका वडा नं ४ को समन्वयमा अभियान संचालन भएको छ । कार्यक्रममा थर्मोगन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।

बुधबार बाणगङ्गा नगरपालिका वडा नं ४ को अति विपन्न कालाबन्जर र वडा नं.३ को सिउटी, डुङ्गहवा, शान्ती चोकका टोल बस्तिमा “घर घरमा डाक्टर अभियान लिएर पुगेको छ । कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स सन्तोष खनालको विशेष प्राविधिक सहयोग रहेको कपिलवस्तु जेसिजले जनाएको छ ।

साथै जेसी गोपाल ज्ञवालि, दुर्गा भुसाल, बाणगङ्गा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, वडा सदस्य चित्र बहादुर खाँण, ऋषिराम थारु, सदस्य अस्मिता नेपाली, स्थानीय समाजसेवीका साथै युवा व्यवसायी सुशील सिंह ठकुरी, हरि पुन लगायतको सहभागिता साथै सहयोग रहेको सचिव प्रविन पौडेलले बताए ।

सम्बन्धित् समाचार