सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरेको छ । तर, प्रदेश नम्बर २ का निजी विद्यालय भने परीक्षा नै नलिएको खुलासा भएको छ ।
प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोका अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी छ । सामुदायिक विद्यालयमा भने परीक्षा भइसकेको महतोले जानकारी दिए ।
निर्देशन अवज्ञा गर्दाको परिणाम
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २० फागुनमै सूचना प्रकाशित गरेर कक्षा ९ सम्मको परीक्षा सकेसम्म चाँडो सम्पन्न गर्नू भनेको थियो ।
मन्त्रालयको सूचनामा भनिएको थियो(
विश्वभरि कोभिड(१९ को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनका लागि विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वाषिर्क परिक्षा यथाशिघ्र प्रारम्भ गरी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन र विद्यालयमा सभा, समारोह, वाषिर्क उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रम नगर्न यस मन्त्रालय सम्बन्धित सबैमा आव्हान गर्दछ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका एक अधिकारी त्यतिबेलाको निर्देशन पालना नगरेका निजी विद्यालयहरूले अहिले पश्चाताप गरिरहेको बताउँछन् ।