गृहपृष्ठ खबर स्थानीय महिलाकै मिलेमतोमा कपिलवस्तुको शिवराजकी १५ बर्षिया बालिका बलात्कृत

स्थानीय महिलाकै मिलेमतोमा कपिलवस्तुको शिवराजकी १५ बर्षिया बालिका बलात्कृत

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ८ मा एक बालिका बलात्कृत भएकी छिन् । बालिकालाई मोबाइल किनिदिने भन्दै बलात्कार गरिएको बुझिएको छ ।
स्थानीय एक महिला रेहाना बानु शेखले बालिकालाई मोबाइल किनिदिने भन्दै ललाई फकाई गरि आफ्नो घर लगेको र त्यहाँ स्थानीय २२ बर्षीय सागिर अलीले जर्बजस्ती गरेको पीडित बालिकाले बयान दिएकी छिन् । वैशाख ३ गते शिवराज ८ विसनपुरकी १५ बर्षिया बालिकालाई मोबाइल किनीदिने भन्दै बलात्कार गरिएको घटना बाहिर आएको छ ।

बालिकाले मोबाइल नचाहिने तर गलत कार्य नगर्ने भन्दै भाग्न खोज्दा घरको ढोका लगार्ई महिला रेहानाले जर्बजस्ती समातेर बाधेको र सागिरले बलात्कार गरेको पीडित परिवारले प्रहरीमा जानकारी दिएको छ । बालिकाले आफु माथी ३ पटक जबरजस्ती करणी भएको बताईकी छिन् । बालिका बलात्कार भएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले बलात्कारमा सहयोग गरेकी आरोपी रेहान बानु शेखलाई सोहि दिन नै नियन्त्रणमा लिएको छ ।

बलात्कारका आरोपी सागिर अलि विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेलले बताए । आरोपीत फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार