लकडाउन उल्ल्घन गरी सामुहकि नवाज पढको आरोपमा प्रहरी नियन्त्रण्मा रहेका १४ जनालाई कागज गराई छाडिएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नम्बर ७ धुपहिको मस्जिदमा आईतावार सामुहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थिया । लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको थियो ।
अव लकडाउन उल्लखन गर्ने र घरमै नवाज पढने लिखित गरे पछि उनीहरुलाई सोमबार बिहान पविारको जिम्मा लगाईर्एको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । सरकारले कोरोना भाईरस र्फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामुहिक प्रार्थना र पुजापाठ गर्न प्रतिबन्ध लगाएको छ ।
जिल्लामा रहेको १ सय १४ मस्जिद सहीत धार्मिक स्थलमा अनुगन समेत गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । मस्जिद सहीत जिल्लाका सबै धार्मिक स्थल सुरक्षाकर्मीको निग्रानीमा रहेको उनले बताए । जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रवार र अन्य दिनको नवाज घरमै पढन अपील गरेका छन । रौतहट पछि कपिलवस्तु दोश्रो मुस्लिम बाहुल्यता रहेको जिल्ला हो ।









