गृहपृष्ठ कला/साहित्य कविता : उन्मुक्ति

कविता : उन्मुक्ति

प्रकाशित मिति:

 

उन्मुक्ति
**********
उबेला आँपको रुखहरुमा पात भन्दा बेसी
नोट फल्ने समाचार बोकेर बतासलाई
मेरो घरैको डिलैडिल किन पठायौ
मेरा अब्बब् !

त्यही समचार सुनेर
चिचिला आशाहरुले पटकपटक
सपनामा लगाइभ्याएछ्न् महङो लेहेङा!

आफ्नु आयुमाथी तगारो बनेको अर्बुदलाई पनि
घुच्चुकमा समाएर नेटो कटाम्ला सोचिछ्न् बज्यैले !

बोटबाट खसेको पातझैँ
निराश सम्बन्धहरु अजम्बरीको पातझैं
पलाउने चाहमा छन्! ,

एक चोक्टा छानो उडाउने गरि
मडार्रिएर आउने बतासझैँ साहुहरुलाई
च्यातेर तम्सुक हावामा उडाइदिनु भएछ बुबाले कल्पनामा !

तर खोइ त अब्बब् ?

तिम्रो रेगिस्थानमा
कता छ्न् खजुरका रुखझैँ नोट पनि?
खोइ त यहाँ खुशीका तलाउ?

अब कुन बालुवाको थुप्रोमुनि खोर्सुँ ?
-साहुको तम्सुक च्यात्ने आँट।

खोइ कुन भारी उठाउँदा भेटिन्छ?
-बज्यैको ओखती।

खोइ कुन ढुङ्गा फोरु?
अझै कति टुटाउँ हड्डी?
-जिवनयापन को निम्त।

मेरा अब्बब !!
उता मेरो देशमा हिरा टल्किरहँदा
म तिम्रो रेगिस्थानमा
कोइला बटुल्दै जवानी खर्चनँ चाहन्न ,
भो मलाइ मुक्ति देउ
मलाई पुग्नुछ आयु भन्दा पहिल्यै
र हरियो पासपोर्ट च्यातेर
उमार्नु छ उतै बगरमा हरियो धनिया !!

देश बन्धु

सम्बन्धित् समाचार