गृहपृष्ठ Featured कपिलवस्तुमा फैँलदै संक्रमण, नयाँ आठै जना संक्रमित कपिलवस्तु नगरपालिकाका

कपिलवस्तुमा फैँलदै संक्रमण, नयाँ आठै जना संक्रमित कपिलवस्तु नगरपालिकाका

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण फैँलदै गएको छ । यस अघि मायादेवी , शुद्धोधन , यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकामा सीमित संक्रमण मङ्गलबार कपिलवस्तु नगरपालिकामा पनि देखिएको छ ।

कपिलवस्तुमा मंगलबार भेटिएका आठै जना संक्रमित कपिलवस्तु नगरपालिकाका रहेको खुलेको छ । कपिलवस्तु स्वास्थ्य कार्यालयकाअनुसार सबै संक्रमित कपिलवस्तु नगरपालिकाका रहेको पुष्टि भएको छ ।

मङ्गलबार कपिलवस्तुमा कोभिड – १९ थप ८ जना पोजेटिभ पुष्टि भएकाहरु क्रमश कपिलवस्तु नगरपालिका-वाड न. ६ का बर्ष १९ पुरुष १ जना, वाड न.४ बर्ष २५ पुरुष १, वाड न.५ बर्ष ३६ पुरुष, वाड न.३ वर्ष ३२ पुरुष १, वाड न.७ बर्ष १९ पुरुष, वाड न.३ बर्ष २० पुरुष, वाड न.८ बर्ष २५ पुरुष,वाड न.१ बर्ष २५ महिला रहेका छन् ।

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुँदै छ ।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २९ पुगेको छ ।

सम्बन्धित् समाचार