एजेन्सी
चीनको ऊहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएको तर संस्थानका निर्देशकले यीमध्ये कुनै पनि भाइरस संसारभरी विध्वंश मच्चाउने भाइरससँग मेल नखाने बताएका छन् । वैज्ञानिकले कोभिड–१९ को सुरुवात ऊहानबाट भएको र यो भाइरस सुरुमा चमेरोमा देखिएको र त्यसपछि कुनै स्तनधारी जनावर मार्फत् मानिससम्म पुगेको बताइन्छ ।
समाचार एजेन्सी एएफपीका अनुसार ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक वाङ्ग यान्यीले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँग यो भाइरस ऊहानको कुनै सेन्टरबाट फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य व्यक्तिको दाबीलाई पूर्ण रुपमा मनगढन्ते भएको बताएका छन् ।
मे १२ मा रेकर्ड गरिएको यो अन्तरवार्ताको प्रशारण शनिबार भयो जसमा वाङ्ग यान्यीले सेन्टरमा चमेरोमा केही कोरोनाभाइरसको पहिचान गरिएको बताएका छन् । उनले भने, ‘अहिले हामीसँग तीन प्रकारको भाइरस छन् ।
स्रोतः बीबीसी