सोल : १९८८ को अन्त्यतिर दक्षिण कोरियाको राजधानी सोलनजिकैको ग्रामिण भेगमा १३ वर्षीया बालिकाको बलात्कारपछि उनकै ओछ्यानमा हत्या गरी फालियो ।
यो घटना धेरैलाई चकित तुल्याउने किसिमको थियो । तर ह्वास्योंगमा यस्ता घटना दोहोरिन थाले । गाउँलेलाई यस्तै प्रकृतिका घटनाले बारम्बार झस्काउन थाले । उनै १३ वर्षीयाको हत्या पनि दुई वर्षको अवधिमा आठौँ आपराधिक घटना थियो ।
ती बालिकाको हत्याको एक वर्षपछि प्रहरी २२ वर्षीय एक युवक युनको घरमा आइपुग्यो । उनी पेशाले घर एक मेसिनरी रिपेयर सेन्टरमा काम गर्थे । प्रहरी पुगेको रात उनी खाना खाने तरखरमा थिए ।
युनको पूरा नाम भने गोपनियताका कारण खुलाइएको छैन । जब प्रहरी उनको घरमा पुगे । झसंग भए । तर प्रहरी अधिकृतले उनलाई अनुसन्धानका लागि भन्दै स्थानीय प्रहरीथानाको एउटा सानो कोठाभित्र लगे । जहाँ उनलाई तीन दिनसम्म राखेर ती १३ वर्षीया बालिकाको बलात्कार र हत्याबारे सोधियो ।
युनले त्यस बेला आफू स्वच्छ हावाको लागि भनेर कतै हिँडेका थिए । त्यस क्रममा उनी धेरै ठाउँमा रोकिँदै बस्दै हिँडेको प्रहरीले पत्ता लगाइसकेको थियो । युनलाई बाल्यकालमा पोलियोका कारण खुट्टा खोच्याउने समस्या थियो । त्यसैले उनी अनिवार्य सैन्य सेवाबाट पनि मुक्त भएका थिए ।
उनको कबुलीनामा अनुसार मध्यरातमा उनले प्रहरीलाई आफूले त्यस रात अचानक बलात्कार गरेको बताएका थिए । उनी ती बालिकाको घरमा छिर्दै गर्दा उनले बालिकाको कुटाइ पनि खाएको प्रहरीको भनाइ छ । प्रहरीसँग उनले बालिकाका आमा बाबु अर्को कोठामा सुतिरहेको पनि बताएका थिए । बालिकाका परिवारले भने मिडियामा यसबारे केही बोलेका छैनन् ।
युनलाई भने अदालतले १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या अभियोगमा दोषी ठहर गर्दै सजाय सुनायो । उनलाई त्यसबेला जन्मकैद सुनाइएको थियो । पछि मात्रै उनको मुद्दामा पुनरावेदन भयो । अन्ततः उनी २० वर्षको जेल जीवनपछि रिहा भए । समस्या के भयो भने, युनले यो घटना आफूले नगरेको बताएका छन् ।
जहाँ सबैले सबैलाई चिन्छ
१९८६ अघि ह्वास्योंग एउटा यस्तो सानो गाउँ थियो, जहाँ कहिल्यै हिंसात्मक घटना भएका थिएनन् । २ लाख २६ हजार मानिस बसोबास गर्ने यस ठाउँ पहाडी जंगल र धानका खेतको बीचमा पर्छ ।
सोही गाउँको ताइन इप भन्ने ठाउँमा युन बसोबास गर्थे । १९८० तिर ताइन इपमा लोकल रक्सी पसल र, कफी पसलहरु प्रसस्त थिए । जहाँ स्थानीयहरु निर्धक्क जमघट भएर गफिन्थे । धेरै मानिस चाहिँ कारखानामा काम गर्थे । कसैले इलेक्ट्रिकल सामान बनाउने काम गर्थे । जस्तै बल्ब, खेती गर्ने मेसिन लगायत । त्यस्तैमध्ये एक रिपेयर सेन्टरमा युन काम गर्थे ।
ताइन इपमा प्राय सबैले सबैलाई चिन्थे । त्यस घटनाअघि यहाँ कुनै त्यस्तो आपराधिक घटना भएकै थिएन । तर यहाँका बासिन्दा प्राय विपन्न चाहिँ थिए । यसकै लागि पनि उनीहरु कठिन मेहनत गर्थे ।
तर १९८६ पछिको सेप्टेम्बरपछि यो गाउँको अवस्था फेरियो । एक महिलाको हत्या भयो । जुन ह्वास्योंगमा भएको श्रृंखलावद्ध हत्याको पहिलो घटना थियो । १९९१ सम्म त यस क्षेत्रमा १० महिलाको हत्या भइसकेको थियो । जसमध्ये ती १३ वर्षीया बालिकाको हत्या पनि एउटा थियो ।
सबै घटनामा पीडित बलात्कृत वा यौन शोषित भएका हुन्थे । प्रहरीले घटनाको मुचुल्का उठाउँदा महिलाको कपडा च्यातिएको, रगत वा अन्य त्यस्तै भेटेको हुन्थ्यो । पीडितमा गृहिणीदेखि स्कुले बालिका र डिपार्टमेन्ट स्टोरमा काम गर्नेसम्म ।
अनुसन्धानमा संलग्न एकजना हा स्युंग ग्युनका अनुसार टिनएजरदेखि ७१ वर्षीया महिलासमेतको हत्या भएको थियो । यहाँ कोही पनि महिला सुरक्षित थिएनन् । सबैमा त्रास पैदा हुन्थ्यो ।फलस्वरुप महिलाहरुलाई साँझ परेपछि घर बाहिर जान दिएन । राति युवाहरुले गस्ती गर्न थाले । त्यसो त, गाउँमा बिजुली थिएन ।
निरन्तर हत्याका घटना दोहोरिन थालेपछि अवस्था यस्तो भइसकेको थियो कि, प्रहरीले कति बेला कुन युवालाई पक्राउ गर्ने होला भन्ने त्रास युवाहरुमा थियो । प्रहरीले पक्राउ गरी दुख दिने गरेको स्थानीयहरु सम्झिन्छन् ।
अनुसन्धान
जब पहिलो महिलाको हत्या भयो । त्यस लगत्तै अर्को घटना भयो । यसरी तीन महिनाको अन्तरमा तीन महिलाको हत्या भयो । प्रहरीले भने तेस्रो हत्यापछि नै गम्भीर प्रकृतिको घटना भन्न थालेको थियो । त्यसपछि मिडियाले पनि व्यापक रुपमा यस घटनालाई कभरेज गर्न थाले ।
अनुसन्धानको क्रममा प्रहरीले ती घटनामा ‘सिरियल किलर’ को हात रहेको निश्कर्ष निकालेको थियोे । संयोग कस्तो पनि थियो भने, पहिलो पाँच हत्याका घटना ६ किलोमिटरको दूरीमा भएका थिए । र हरेक एकपछि अर्को घटना १ सय मिटरको दूरीमा हुने गरेको थियो ।
यतिसम्म कि, केही महिला प्रहरीहरु अपराधीलाई जालमा फसाउन अनेक प्रयत्न गरे । अनुसन्धानमा संलग्न हा स्वयं पनि ७१ वर्ष पुगिसके । जो रिटायर्ड छन् । महिनौँसम्म अपराधीको खोजीमा धानखेतमा बिताउनुपर्दा उप्रति अझै घृणा जाग्ने उनको अनुभव छ ।
युन मात्रै एक त्यस्तो नागरिक थिए, जसमाथि १० हत्याको अभियोगमा दोषी ठहर्याइएको थियो । वर्षौँसम्म ती घटनामा कोरियाको नामी सिरियल किलरको हात भएको अनुमान गरियो । २००३ मा यही श्रृंखलावद्ध हत्यालाई समेटेर ‘प्यारासाइट’का निर्देशक बोंग जुन होले ‘मेमोरिज अफ मर्डर’ फिल्म समेत निर्माण गरे ।
सेप्टेम्बर २०१९ मा प्रान्तीय प्रहरी प्रमुखले उनीहरुको डिएनए परीक्षणमा पठाएको बताए । कम्तिमा तीन हत्याका घटनाको डिएनए एक व्यक्ति ली चुन जाएसँग मिल्यो । उनी हाल जेलमै आजिवन कारावासको सजाय भोगिरहेका छन् । उनी १९९४ को बलात्कारपछि हत्याको लागि दोषी ठहरिएका थिए ।
विश्वभर समाचार बनेको ह्वास्योंगको श्रृंखलावद्ध १० वटा हत्याको जिम्मेवारी लीले आफैँले लिए । र अन्य चारजनाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । लीले विस्तृतमा बयान दिएका छन् ।
यदी ती १३ वर्षीया बालिकासहित १० जनाको हत्या पनि ली ले नै गरेका हुन् भने, युन नाम गरेका अर्का व्यक्ति चाहिँ निर्दोष थिए त ? जो २२ वर्षको उमेरमा आजीवन कारावास बस्नु परेको थियो । ली स्वयंले घटनाको कबुल गरेपछि युन निर्दोष रहेको पक्का भयो त ? ली को बयानले मात्रै युन निर्दोष ठहर त गर्दैन । कानुनको दृष्टिले उनी अझै दोषी नै छन् ।

अनिदो तीन रात
युन ५० वर्ष पुगिसके । उनी सोलबाट केही घण्टाको रेलयात्रामा पर्ने उत्तरी चुंग्योंग प्रान्तस्थित एक छाला कारखानामा काम गर्छन् । उनी अझै खुट्टा खोच्याउँदै हिँड्छन् । उनी हँसमुख र मिलनसार उनी ठूलो स्वरमा हाँस्छन् ।
तर जीवनको उर्वर समय जेलमै बिताएर सामाजिक जीवनमा आउँदा उनको जीवन जटिल बन्दैगएको छ । बाल्यकालमा उनले आमा गुमाएका थिए । स्कुल पढ्ने बेलामा नै उनकी आमाको कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि बाबु वेपत्ता भए । त्यसपछि त युनले पनि स्कुल छाडिदिए ।
उनी ह्वास्योंग आइपुगे । जहाँ उनी एक वर्षसम्म एक रेष्टुरेण्टमा काम गरे । जब उनी ११ वर्षको थिए उनले कृषि उपकरण केन्द्रमा काम गर्न थाले । २२ वर्षको उमेरसम्म त्यहीँ तालिम सिकेर योग्य प्राविधिक बनिसकेका थिए ।
उनी अत्याधिक चुरोट पिउँथे । तर कहिल्यै महिलासँगको संसर्गमा गएका थिएनन् । उनले प्रहरीसँग भनेका थिए, ‘मैले युवतीसँग बोलेको समेत छैन, किनकि, मजस्तो अपांगलाई कसैले पनि मन पराउँदैनन् ।’
उनका पूर्वमालिक उनलाई प्राय दुखी देखेको सम्झन्छन् । किनकि, उनी अभिभावकविना नै हुर्किएकाले यस्तो भएको हुनसक्ने उनको अनुभव छ । यतिसम्म कि, उनी आफूलाई व्यक्त गर्न अप्ठ्यारो मान्थे । तर काममा भने उनी पोख्त थिए ।
जब प्रहरीले उनलाई लग्यो । युन तनि दिनसम्म काम नै सम्झिरहे । खाना पनि मुस्किलले खाए । उनी ट्वाइलेट जान मात्रै पाउँथे । जब सुत्न खोज्थे प्रहरीले उठाइहाल्थ्यो । ‘ती रातहरु दुस्वप्न जस्तो हुन्थ्यो । जब तीन रातसम्म तपाईँ सुत्न सक्नुहुन्न, तपाईँलाई नै थाहा हुँदैन कि, तपाईँले के बोल्नुभयो भनेर । तपाईँ राम्ररी सोच्न सक्नुहुन्न । तपाईँ जे सोधे पनि अँ मात्रै भन्नुहुन्छ ।’
अचेल युन सम्झन्छन्, उनलाई दबाबमा पारियो र दुव्र्यवहार गरियो । तर त्यसबेला उनलाई कानुनबारे केही थाहा थिएन ।
उनले अन्ततः तीन कबुलनामामा हस्ताक्षर गरेका थिए । तर उनले मृत्युदण्डको सजायबाट मुक्ति पाउने आशामा यस्तो गरेका थिए । मृत्युदण्डको आशामै उनले २० वर्ष जेल सजाय भोग्न तयार भए ।
उनी जेलमा आफूमाथि अन्याय भएको बल्ल अचेल महसुश गर्दैछन् । गत वर्षको डिसेम्बरमा ग्योंगी नमु प्रान्तले उक्त घटनामा संलग्न सात प्रहरीमाथि छानविन गरेको थियो । त्यसबेला शक्तिको दुरुपयोग गरेको समीक्षासहित छानविन गरिएको थियो । तर रिपोर्ट सार्वजनिक भएको छैन ।
त्यसो त, प्रहरीले यातना दिएको र दुव्र्यवहार गरेको आरोप लगाउने युन मात्रै एक्लो थिएनन् । प्रहरीमाथि छानविनको क्रममा संदिग्धहरुलाई समुद्री खानाको सुपमा डुबाएर समेत यातना दिएको बुझिएको छ ।
युनले आफ्नो पूरा नाम खुलाउन मिल्दैन । यही साता उनको फेरि परीक्षण भयो । जुन कोरियाको इतिहासमै दुर्लभ घटना हो । यही मुद्दामा युनमाथि लागेको अभियोगमा जब ली चुन जाएले आत्मालोचना गरे, त्यसपछि थप जटिलता उत्पन्न भएको छ । तर युन भने निर्दोष सावित हुने पक्का जस्तै छ । जब कि, गत फेब्रुअरीमा एक मुख्य न्यायाधीशले युनको विषयमा मौखिक रुपमा माफी नै मागे ।
जब अर्का अभियुक्त लीको डिएनए अधिकांश घटनाका पीडितसँग मिल्छ भने ती १३ वर्षीया बालिकाको डिएनए प्रमाण भने प्रहरीले सार्वजनिक गरेको छैन । यदी अदालतले औपचारिक रुपमा युन निर्दोष फैसला गरेपछि उनी क्षतिपुर्तिको लागि दावी गर्न सक्छन् । तर उनी आफ्नो स्वतन्त्रता गुमेको २० वर्षको क्षतिपुर्ति केही गरी पनि पाउन सम्भव नभएको ठान्दैछन् ।
जेलबाट छुटेपछि तीन वर्ष त उनलाई सार्वजनिक जीवनमा बाँच्न कठिन नै भएको थियो । जेलभित्रै बाँच्न अभ्यस्त भइसकेको उनी बताउँछन् । ‘म आफ्नो झुटा आरोप हटाउन चाहन्छु, आफ्नो आत्मसम्मान चाहन्छु, म यसैमा सन्तुष्ट हुन चाहन्छु ।








