गृहपृष्ठ खबर एकान्तवासबाटैै विकास गर्ने योजना बनाउँछु : संक्रमित गाउँपालिका अध्यक्ष

एकान्तवासबाटैै विकास गर्ने योजना बनाउँछु : संक्रमित गाउँपालिका अध्यक्ष

प्रकाशित मिति:

 

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताएका छन् । गाउँपालिकाको लेटर प्याडमा विज्ञप्ति निकालेर अध्यक्ष पोख्रेलले आफूलाई कोरोना लागेको र यसलाई लुकाउनुपर्ने आवश्यकता नरहेको बताईएको छ ।

उनले आफू स्वाबको नमुना दिएपछि जिल्ला सदरमुकामभन्दा बाहिर नगएको तर आफ्नो सक्रियताका कारण गाउँपालिका नै कोरोनाको उच्च जोखिममा रहेको स्वीकार गर्दै उच्च सतर्कता अपनाउनुपर्ने उक्त निज्ञप्तीमा भनिएको छ ।

आफ्नो अवस्था सामान्य रहेको र अब एकान्तवासमा बस्दा गाउँपालिकाको विकास र कोरोनाविरुद्ध लड्ने योजना बनाउने अध्यक्ष पोख्रेलको भनाइ छ ।

उनले सङ्क्रमणको जोखिमका कारण धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पूर्णरुपमा बन्द हुने समेत जानकारी गराएका छन् ।

सम्बन्धित् समाचार