लकडाउनका बेला वाणगंगाको नगरपालिका चार नम्बर जीतपुरमा बुधबार भीडभाड देखियो। बैंक र बजारमा जात्रा नै लागेजस्तो गरी मानिसहरु जम्मा भएका थिए। देशभर यतिबेला कोरोना सन्त्रास छ। उच्च सतर्कता अपनाउने र भिडभाड नगर्ने निर्णयलाई लत्याएर चार नम्बर जीतपुर बजारमै मानिसहरुले जात्रा नै लागेजस्तो गरेका छन्।
बुधबार चार नम्बर जीतपुरमा रहेका बैंकहरुमा थेगिनसक्नु भीड देखिएको थियो। सामाजिक दूरी त के कुरा सेवाग्राहीहरु ठेलमठेलको अवस्थामा देखिन्थे। सेवाग्राहीहरुले फेरि बैंक खुल्दैन जस्तो गरी भीड गरेका थिए।