जेठ १६, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलो पटक एक जनामा कोरोना भाइरस ( कोभिड–१९ ) पुष्टि भएको छ ।
सैनामैना नगरपालिका वडा नं १ बनकट्टामा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वरेन्टिनमा रहेका २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
नियमित प्रेस ब्रिफिङमा डा.देवकोटाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् जन– स्वास्थ्य निरिक्षक हेमराज पन्थीका अनुसार संक्रमित पुरुषको अवस्था सामान्य छ, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन ।
संक्रमित पुरुष भारतबाट आई सिधै क्वरेन्टिनमा बसेका थिए ।