आज पाल्पामा बलात्कारको आरोपमा तीन जनालाई पका्रउ गरिएको छ । गत जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजिकै एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।