गृहपृष्ठ खबर कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा प्रहरीद्वारा गरियो नष्ट

कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा प्रहरीद्वारा गरियो नष्ट

प्रकाशित मिति:

अर्घाखाँची जेष्ठ -१८ सन्धिखर्क ।
जिल्लाको सन्धीखर्क नगरपालिका वडा न. १ मा बिगत लामो समयदेखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तु को बुद्धभुमी नगरपालिका वडा न. १० बाट बिक्रीवितरणको लागि ल्याएको हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानी हरु प्रशासनको इजाजत बिना ल्याएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलिले सदरमुकामको डम्पिङ साइडमा लगेर नष्ट गरेको छ।

रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा गएका हाम्रा दाजु भाइ तथा दिदी बैनीहरु आआफ्नो घरमा फर्कने र उहाँ हरु स्थानीय तहको विभिन्न पालिकामा निर्माण गरिएका करेन्टाइनमा बसि रहेको बेला थप संक्रमण जोखिम नफैलियो भन्दै हरियो तरकारीलाई नस्ट गरिएको बताइएको छ।
हाल जिल्लामा अन्य खाद्यान्न तथा बिकास निर्माणमा प्रयोग हुने सामाग्री तथा इकुपमेन्ट हरुलाइ भने यथाबत रुपमा भित्राइएको छ।
अहिले जिल्लाका ६ वटा स्थानीय तह हरुमा ३४५३ जना करेन्टाइनमा र कोरोना पोजेटिभ २ जना लाई आइसोलेशन मा राखी उपचार गरिएको छ । जिल्ला का केही स्थानीयतह हरुले कोरोना परिक्षण को लागि कीटहरु खरिद गर्ने समेत निर्णय गरिसकेका छन ।

सम्बन्धित् समाचार