सामान्य अवस्था र परिवेश हुन्थ्यो भने हाल हजारौं लाखौं विद्यार्थी स्कुले झोलामा नअटाउने किताब बोकेर विद्यालयतर्फ लागिरहेका हुन्थे।कैयौं साना बालबालिका घाँटीमा पानीको बोत्तल आँखाभरी आँसु र मनमा परिवारको आश बोकेर आफ्नो नयाँ शैक्षिक यात्रा गर्ने तयारीमा हुन्थे भने नयाँ वर्षमा थपिएको नयाँ उर्जा हर्ष उल्लास अनि जोँश बोकेर नयाँ पुस्तकको एक एक शब्द केलाउदै सक्दो विद्यार्थीलाई बुझाउने प्रयत्न र गृहकार्यमा हुन्थे।नयाँ किताबको नयाँ सुगन्धमा रमाउदै कक्षा नयाँ साथी संग रमाइलो अनि गुरुसंग सक्दो नजिक हुने प्रयासमा हुन्थे विद्यार्थी तर कारणबस समय र परिस्थिति भिन्दै छ।
कोभिड १९ को आतंकले विश्वका अधिकांश देशको पठनपाठन थप्प छ नहोस् पनि किन हजारौं लाखौं विद्यार्थीको जमघट हुने विद्यालय खुल्ने हो भने एउटा विद्यार्थीको संक्रमणले लाखौं विद्यार्थीको जीवन खतरामा पर्न जान्छ।हालको अवस्थाको चित्रण गर्ने हो भने हाल करिव ९० लाख विद्यार्थीको भविष्य अन्योलमा रहेको छ।माध्यमिक शिक्षा परीक्षा देखि ११, १२ र विश्वविद्यालयका साथै हाल लिइने सबै परीक्षा स्थगित छन।जब सन २०१४ मा सर्वप्रथम Sierra Leone मा इबोला संक्रमण देखिएको थियो त्यसले गर्दा ९ महिनासम्म विद्यार्थी विद्यालय जान पाएका थिएनन्।त्यहाँको विभिन्न स्तरमा अध्ययनरत ५० लाख विद्यार्थी पढाइको पहुँचबाट वन्चित भए।
इन्टरनेसनल जर्नेल अफ एडभान्स बाइयोलोजिकल रिसर्च र विश्व बैंकले गरेको सर्वेक्षणमा जब Sierra Leone अप्रिल २०१५ मा इबोला मुक्त घोषणा भयो त्यसपछि त्यहाँका विद्यालय देखि विश्वविद्यालय सम्मका सबै शैक्षिक संस्थाहरु खोलियो तर ५० लाख केही महिनासम्म जम्मा ३५% विद्यार्थीको मात्र उपस्तिथि भएको थियो २२.०% बालिका गर्भवती भए ५% देश छाडेर अध्यनको लागि अरु देश गए भने ३०% विद्यार्थीले विद्यालय छाडिसकेका थिए।यो विवरण हेर्दा जो पनि झसङ्ग हुन्छ र सो हालत यस्तै हो भने नेपालको नहोला भन्न सकिन्न।हाल अनलाइन कक्षालाई विकल्पको रुपमा लिइएको छ तर एउटा सर्वेक्षणले ७०% भन्दा बढी विद्यार्थी अनलाइन कक्षाबाट टाढा रहन खोजेको र कक्षा सुरु भएपनी इक्षा व्यक्त नगरेर नेट नचलेको मोबाइल बिग्रेको र अन्य बहाना बनाएको बाल मनोबैज्ञानिकको विश्लेषण रहेको छ।भर्चुल कक्षाको अर्को पाटो हेर्ने हो भने नेपालमा रहेका ७७% सार्वजनिक विद्यालयमा ८८% सामुदायिक विद्यालयमा कम्प्युटर नरहेको र ६२% विद्यालयमा बिजुली नरहेको तथ्य सार्वजनिक भएको छ।रेडियो टिभि कक्षा पनि त्यति धेरै प्रभावकारी नभएपछि बन्द हुने स्थितिमा पुगेका छन् र धेरै बन्द भैसकेका छन्।यसरी नेपालमा यहि सबैभन्दा उपयुक्त विकल्प हो यसैलाई निरन्तरता दिनुपर्छ भन्ने खालको निर्णय न त मन्त्रालयले गरिरहेको छ न त सरकारले।परीक्षा स्थगित भएको ३ महिना सम्म पनि उचित निर्णय हुन नसक्दा विद्यार्थी अझ धेरै मानसिक दवावमा रहेका छन्।
नेपालमा क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा विद्यालय नै क्वारेन्टाइन बनिरहेका छन् र जति विदेशबाट नागरिक थपिदै जान्छन् विद्यालय क्वारेन्टाइन र आइसोलेसन बन्ने स्थिति पनि बढ्दै जानेछ।कोरोना लामोसमयसम्म कुनै वस्तुमा रहिरहन्छ भन्ने कुरा बुझेका अभिभावक र विद्यार्थीले विद्यालय खुलेकै अवस्थामा पनि विद्यालय नपठाउने कुरो विज्ञहरुले अगाडि बढाएका छन।अहिलेकै स्थितिमा त कक्षा १ मा १० लाख भर्ना हुने विद्यार्थीमा कक्षा १० मा ५ लाख मात्र रहने तथ्यांक छ भने यो अवस्थामा जसरी अध्यन र विद्यार्थीको दुरिले अझ धेरैले विद्यालय छाड्ने र कुलतमा फस्ने अवस्था रहने छ भन्ने आकँलन हामी आफैं पनि लगाउन सक्छौं।शिक्षा रुप परिवर्तनमा लागेका विज्ञहरुलाइ समेत कोरोनाले गम्भीर असर पुर्याएको देखिन्छ।यस्तै हो भने विद्यार्थीको जीवन एक वर्ष पछि ढकेलिने छ जस्ले गम्भीर असर मानसिकतामा पुर्याउने छ।दिनप्रतिदिन आत्महत्या गर्ने परम्परा पनि बढ्दै गैरहेको छ।लकडाउनमा मात्र करिव ९०० जनाले आत्महत्या गरेका छन्।
म आफू पनि कक्षा १० को विद्यार्थी र एसइई स्थगित भएको र आजसम्म कुनै निर्णय नभएकाले अन्योलमा छु।३ महिना सम्म कुनै निर्णय नहुँदा त्यही मानसिकताले न त मलाई पुरानो किताब पढ्न दिइरहेको छ न त आउदो बर्षको कुनै योजना बनाउने मौका।सबै विद्यार्थी जस्तै म पनि ‘पर्ख र हेर’को अवस्थामा छु।कोरोना संक्रमण रोकियो भनेर उचित व्यवस्थापनका साथ विद्यालय खोलेको देशमा त विद्यार्थीमा कोरोना संक्रमण भेटिएपछि विद्यालय बन्द रहेको अवस्था छ भने हाम्रो देशको अवस्था के होला?एउटै कक्षामा १०० जना हुने हाम्रा विद्यालयमा कसरी हुन्छ सामाजिक दुरी कायम अच्म्म लाग्छ।न त हाल सम्म कोरोनाले रोकिने कदम लिएको छ न हाम्रो शिक्षा मन्त्रालयले शिक्षाको क्षेत्रमा विकल्प खोज्ने।यसरी कोरोना त कुनै दिन परास्त गरिएला तर हाम्रो शिक्षा क्षेत्रमा उचित कदम उठाउन सकिएन भने फेरि यो अवस्थामा आउन कैयौं वर्षको प्रतीक्षा गर्नुपर्नेछ।
हाल यो कसैको वास्ताको विषय नबन्दा शिक्षक विद्यार्थी धेरै मारमा परेका छन।शिक्षा मन्त्रालय, प्रदेश सरकार ,स्थानीय तह र विद्यालय आफैंले केही व्यवस्थित कदम चाल्नुपर्ने देखिन्छ।”कोरोनाले निम्ताएको चुनौतीलाई अब शिक्षाको रुपान्तरणको अवसर बनाउनुको विकल्प छैन।”