नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।शुक्रबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी ४ की ५५ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उहाँको डायलासिस गर्ने क्रममा मृत्यु भएको र कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
मृतक महिलामा कोरोनाको कुनै सङ्केत नदेखिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।यस्तै डोल्पाको जगदुल्लाहमा २१ गते राति ज्यान गुमाएका ५८ वर्षीय व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।