गृहपृष्ठ खबर दाङमा त्रिशूल प्रहार गरी एकजनाको हत्या

दाङमा त्रिशूल प्रहार गरी एकजनाको हत्या

प्रकाशित मिति:

बबई गाउँपालिका–३ धनुमासमा त्रिशूल प्रहारबाट एकजनाको हत्या भएको छ। धनुमासका २८ वर्षीय बालाराम वलीले सोही ठाउँका ४७ वर्षीय नारायण डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए।

 

त्रिशूल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना शुक्रबार बिहान सवा ७ बजे भएको हो। हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। वली प्रहरीको निगरानीमा छन्।

सम्बन्धित् समाचार