गृहपृष्ठ खबर प्रदेश पाँच सरकारप्रति आलोचना र विरोध भए लेख्नुहोला,सडकमा जानुपर्दैन – मुख्य मन्त्री

प्रदेश पाँच सरकारप्रति आलोचना र विरोध भए लेख्नुहोला,सडकमा जानुपर्दैन – मुख्य मन्त्री

बुटवल । प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश पाँचको सरकारले गरेको कामप्रति आलोचना र विरोध भए फेसबुकमा लेख्नुहोला,सडकमा जानुपर्दैन ,कुराको सुनुवाइ हुन्छ भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत अाह्वान गरेका छन् । आज युवाहरूले देशभर सँगै बुटवलमा पनि विरोध प्रदर्शन गरेका थिए ।

मुख्य मन्त्री पोख्रेलले बारम्बार संकटको बेला घरबाहिर निस्कदा संक्रमण बढ्न सक्ने हुनाले घरबाहिर ननिस्कन अनुरोध गरेका छन् ।

शुक्रबार उनले फेसबुक स्टाटसममर्फत “प्रदेश ५ मा प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नु होला । सडकमा जानु पर्दैन, कुरा सुनिन्छ ।” भन्दै पोस्ट गरेका छन् ।

सम्बन्धित् समाचार