कञ्चन गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि निती तथा कार्यक्रम भोली शुक्रबार ५ गते प्रस्तुत गर्दै छ । आगामी आर्थिक बर्षको बजेट तथा योजनालाई लक्षित गरी कञ्चन गाउपालिकाले चौथो निती तथा कार्यक्रम भोली सार्बजनिक गर्न लागिरहेको हो ।
संघिय गण्तन्त्र स्थापना पस्चात बनेको स्थानिय सरकारको रुपमा रहेको कञ्चन गाउपालिकाको सातौं गाउसभामा प्रस्तुत हुने बजेटलाई कार्यान्वयन गर्न गराउन स्थानिय तहहरुले प्रदेश र संघबाट प्राप्त क्षेत्राधिकारको प्रयोग गरी प्रदेश र संघबाट स्थानिय तहलाई प्राप्त हुने बजेटको आधारमा कञ्चन गाउपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
प्रदेश र संघले आगामी बर्षका लागि नीति तथा कार्यक्रम र बजेटमा बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर बिशेष बजेट ब्यबस्थापन गरिरहेको सन्दर्भमा कञ्चन गाउपािलकाले पनि कोभिड १९ लक्षित नीति तथा कार्यक्रम प्रस्तुत हुने अनुमान गरिएको छ।यस बाहेक कोभिड १९को नियन्त्रणमा अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,कर्मचारी शिक्षक तथा बिभिन्न संघसंस्थाहरुलाई प्रोत्साहन गर्नको लागि पनि आर्थिक अनुदान सहितको नीति तथा कार्यक्रम आउने अनुमान गरिएको छ ।
यस्तै कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम र न्युनिकरणका लागि बिभिन्न बिधालयहरुमा बनाइएको क्वारेन्टाइन बिधालयहरुलाई पनि राहत स्वरुप सम्वोधन हुने र कोभिड १९ बाट प्रभाबित भई छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकहरुबाट आएका कञ्चनका युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउन तथा युवाहरुलाई कृषिमा आकर्षित गराउन कृषि क्षेत्रमा बिशेष अनुदान सहितको नीति तथा कार्यक्रम प्रस्तुत हुने पनि अनुमान गरिएकोछ । कोभिड १९ का कारण भौतिक पुर्वाधार बिकास तर्फ भने कम प्रथमिकतामा पर्ने अनुमान गरिएको छ।
कञ्चन ४ स्थित दियो बजारमा बनाइएको बहुउद्धेश्य सामुदायिक हलमा बिशेष कार्यक्रमको आयेजना गरी सार्बजनिक गरिने गाउपालिकाको नीति तथा कार्यक्रममा कोभिड १९ का कारण जनप्रतिनीधि,कर्मचारी र स्थानिय संचारकर्मीहरुको सहभागिता रहने कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी गराउनु भएको छ ।








