अर्घाखाँचीमा दुई जनाको लडेर मृत्यु भएको छ । एक जना भीरबाट र अर्को एक जना भवनको छतबाट लडेर मृत्यु भएको छ । र पाणेनी बहुमुखी क्याम्सको भवन निर्माणको काम गर्दा लडेर सन्धिखर्क २ भलायडाँडाका वसन्त कुमालको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।
त्यस्तै जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ५ का ४९ बर्षीय मानबहादुर खत्री खेत रोपाईमा जाने क्रममा घरदेखि नजिकैको भीरबाट लडेर ५० मिटर तल खसेका थिए । दुवैको उपचारका क्रममा मृत्यु भएको डिएसपी बुढाथोकीको भनाइ छ ।








