यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ। काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ। यो ग्रहण पुरै सूर्य ढाक्ने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले सुनाए । चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।
उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको पाईन्छ। साधारण नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ।
ग्रहणको समयमा के गर्ने, के नगर्ने ?
– शास्त्र अनुसार ग्रहणको समयमा गङ्गा स्नान, ध्यान, जप, दान, भक्ति आदि गर्नु शुभ मानिन्छ। यसको वैज्ञानिक आधार खोज्ने हो भने पनि चन्द्रमा ले मनका तरंगलाई प्रभावित गरेको हुन्छ र यो समयमा चन्द्रमा प्रभावित व्यक्तिहरुको मनमा डर, शंका आदि उत्त्पन्न हुने गर्छ। यदि ध्यान, जप आदि गने हो भने मनमा आउने नकारात्मक भावनालाई न्यूनीकरण गर्छ र ध्यान एकीकृत भई सम्भावित मानसिक समस्यालाई कम गरिदिन्छ।
– कुनै पनि गुप्त विद्या सिद्ध गर्न ग्रहणको समयलाई महत्वपूर्ण मान्ने गरिन्छ। यसका साथै ग्रहको बिज मन्त्र, तान्त्रिक मन्त्र जप गर्नु पनि शुभ मानिन्छ। यसको वैज्ञानिक कारणहरु पनि रोचक रहेका छन्। चन्द्रमाको कुनै पनि उर्जा पृथ्वीसम्म सजिलै आउँन नसकेको अवस्थामा वायुमण्डलमा हुने कस्मिक रेडियसनका सुक्ष्म पदार्थहरुबिचको आणविक एवं रासायनिक प्रक्रियामा पनि प्रभाव गर्ने गर्छ जसको कारण ग्रहण प्रभावित क्षेत्रमा एक छुट्टै प्रकारको उर्जा विकसित भैरहेको हुन्छ। यसले हाम्रो मनको चेतन तरङ्गहरुलाई हलचल ल्याउने काम गर्छ र नियन्त्रण भन्दा बाहिर जाने सम्भावना रहन्छ। यस्ता मन्त्रहरु पढ्दा, मन्त्रको फ़्रेक्युइन्सिले मनको तरंगलाई चेतन अवस्थामा जागृत गराईदिञ्छ र एकाग्रता बढ्नुको साथै स्मरण शक्ति पनि बढ्ने गर्छ। ज्योतिष शास्त्रको अन्वेषण एवं अवलोकन अनुसार चन्द्रमाले मानव मष्तिस्कमा सिधा प्रभाव पारेको हुन्छ त्यसैले चन्द्रमा शिघ्र गति जस्तै मानिसको मानसिक अवस्था पनि परिवर्तन भैरहेको हुन्छ। चन्द्रमा केमद्रुम अथवा कमजोर अवस्था रहदा जन्मिनेहरुमा खासगरी पूर्णिमा एवं अमावश्यको दिनमा असामान्य मानिसक स्थिति देखा पर्छ। एक ज्योतिषीय अनुसन्धान अनुसार पनि मनोरोगी एवं मानसिक बिरामी हरु अस्पतालमा पूर्णिमा तथा औंसिका दिनमा अन्य दिनको तुलनामा बढी भेटियो भने ग्रहण एवं औंसी पुर्णिामाकै आसपासका दिनहरुमा आत्माहत्या गर्नेहरुको संख्या पनि धेरै भेटियो। त्यसैले चन्द्रमा प्रतक्ष वा अप्रत्यक्ष रुपमा मानव मनमा भने प्रभाव पारेको हुन्छ।
– पढ्दा , साहित्य रचना गर्दा, संगीत सिक्दा पनि राम्रो मान्ने गरिन्छ। यसको प्रमुख लक्ष्य भनेकै ध्यान एकीकृत गर्नु र कल्पना शक्ति वृद्धि गर्नु हो। हाम्रो अवचेतन मनमा रहेको अथाह कुराहरु सक्रिय रहन पनि सहज रहन्छ।
-सुत्नु हुदैन
हाम्रो शरीरमा पनि सम्पूर्ण उर्जाहरु प्रबाह भैराखेको हुन्छ भने खासगरि इलेक्ट्रो म्याग्नेटिक इनर्जीले नै मानसिक अवस्थालाई सन्तुलन गरेको हुन्छ। ग्रहणको समयमा पोलारिटिमा पनि सामान्य परिवर्तन हुने गर्छ र सुत्दा पृथ्वीको चुम्बकीय ध्रुब र हाम्रो शरीरको चुम्बकीय ध्रुव विच असन्तुलन हुन गई ईन्सोमेनिया, डिप्रेसन, नशा रोग, कमजोर स्मरण शक्ति जस्ता प्रभावहरु देखिन सक्छन्।
– खुल्ला दिशापिसाब गर्नु हुदैन
ग्रहणको समयमा हानिकारक विकिरण पनि आउने गर्छन्। अन्य समयमा भन्दा बढी कस्मिक इनर्जी एवं पृथ्वीमा रहेका radioactive substance हरु पनि सक्रिय रहने हुदा खुल्ला ठाउमा दिशा पिसाब गर्दा, हानिकारक विकिरणको प्रभावले छालामा समस्या, tumour, गुप्त रोग जस्ता संक्रमित रोग आदीले समात्न सक्छ।
ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन र दुध दहि जस्ता फाल्न नमिल्ने खाध्य चिजहरुमा भने बहिर भाडामा गाईको गोबर राख्न सकिन्छ भन्ने प्रचलन रहेको छ र यसका साथै घरको मुख्य द्वारमा या अन्य खानेकुराको नजिक पनि शुद्ध गार्इको गोबर राख्नाले खानालाई बिगार्दैन र खान मिल्छ भन्ने छ। ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ गाईको गोबरबाट उत्पन्न हुने उर्जाले बिकिरणिय एवं रासायनिक प्रतिक्रिया गरि निष्क्रिय गर्दछ र खानाहरु सुरक्षीत राख्न मद्दत पुर्याउछ। त्यसैले पनि गाईको गोबरमा नकरात्मक विकिरणलाई रोक्ने क्षमता रहेको हुन्छ।
मंत्र जप गर्नाले धेरै पक्षबाट लाभ प्राप्त हुन्छ
– मंत्र जप जस्लाई आधुनिक भाषामा मंत्र थेरापी पनि भनिन्छ। शरिरमा भएको रोगको उपचार मंत्र बाट पनि गर्न सकिन्छ भने अन्य शारीरिक एवं मानसिक अवस्था लाई पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ। मंत्र जप गर्दा एक प्रकारको कम्पन (vibration) उत्पन्न हुने गर्छ जसलाई उर्जा पनि भनिन्छ। उर्जालाई frequency (तरङ्ग) ले प्रभाव पार्छ। हाम्रो शरिरमा पनि विभिन्न उर्जाहरु विशेष तरङ्गको मान सहित प्रबाह भैइरहेको हुन्छ। जसरी रेडियोको frequency हामीले आफ्नो रेडियोमा ट्युन गर्दा मिल्न गैइ सम्बन्धित रेडियो बज्छ त्यसै गरि मंत्र उच्चारण गर्दा निस्कने frequency पनि सम्बन्धित अंग, रोग वा विषय सँग connect हुन गई विशेष प्रभाव पारिरहेको हुन्छ र यो ग्रहणको समयमा अझ खास मानिन्छ।
समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि- श्री प्राप्ती हुनेछ । सुख बढ्नेछ ।
वृष राशि- क्षति आर्थीक संकट देखिनेछ।
मिथुन राशि – कष्ट पिडा, घात हुनेछ ।
कर्कट राशि- व्यय, खर्च बढ्नेछ।
सिंह राशि – लाभ, फाईदा बढ्नेछ ।
कन्या राशि- सुख बढ्नेछ।
तुला राशि – मान नाश, ईज्जत पैतिष्ठा मा आँच आउन सक्नेछ ।
वृश्चिक राशि- कष्ट हुनेछ ।
धनु राशि- स्त्रि पिडा, पत्नीलाई कष्ट हुन सक्नेछ ।
मकर राशि – सुखमा बृद्धि हुनेछ
कुम्भ राशि – चिन्ता बढ्नेछ।
मिन राशि – व्यथा, रोग बढ्नेछ ।







