गृहपृष्ठ खबर राजेश आस्था फाउण्डेशन र हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा लागु पदार्थ विरुद्ध सचेतना कार्यक्रम

राजेश आस्था फाउण्डेशन र हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा लागु पदार्थ विरुद्ध सचेतना कार्यक्रम

राजेश आस्था फाउण्डेशन र स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिनेस ९ ज्भउि ायच ज्बउउष्लभकक० कपिलवस्तु शाखाको संयुक्त आयोजनामा लागु पदार्थ ओसार पोसार विरुद्ध दिवस अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ । ३३ औँ अन्तराष्ट्रिय लागु पदार्थ ओसार पोसार विरुद्ध दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।

चार नम्वर जितपुर स्थित होटल एडिमा उक्त कार्यक्रमको आयोजना गरी युवाहरुलाई सचेत गराईएको हो । विशेष गरि चेतनाको कमीका कारण लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई कसरी छुटाउने तथा यसका असरहरुबारे जानकारी गराईएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानले कुलतमा फसेकालाई पिडा थप्नुभन्दा चेतनाको विकास गरी उनीहरुको जिवन उज्यालो बनाउने कार्य उदाहरणि रहेको बताए ।

लागु औषध तथा विभिन्न कुलतमा फसेका नागरिकहरुलाई सुधार गर्ने संस्था पनि भएकोले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ आयोजना गरिएको फाउण्डेशनमा अध्यक्ष किरन सिंले बताए ।
त्यस्तै पछिल्लो समय युवायुवतीहरु लागु औषध सेवन तथा ओसार पोसारमा संलग्न हुने क्रम बढेको भन्दै २ वटा संस्थाहरुद्धारा कार्यक्रम आयोजना गरिएको हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माले बताए । उनले लागु औषधमा फसेकालाई तिरस्कार हैन चेतनाको आवश्यकता रहेको बताउँदै सबैले सहयोग गर्नुपर्ने बताए ।

करिव ६० जनाको उपस्थिती रहेको कार्यक्रममा केशव पुन, दृष्टि राना र अन्जलि थापा मगरले प्रशिक्षण दिएका थिए ।
राजेश आस्था फाउण्डेसनका अध्यक्ष किरन सिंको अध्यक्षता, प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानको प्रमुख आतिथ्यता, वडा नं.४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्री, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको विशिष्ठ आतिथ्यता, तिलक थापा, राम सेन, गोपाल घिमिरे, राजकुमार खांण, खुमा घिमिरे, दिनेश क्षेत्री लगायतको आतिथ्यता, हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माको स्वागत मन्तब्य तथा चन्द्रकान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार